प्रेस युनियनले जलवायु सङ्कटप्रति विश्वको ध्यान खिच्यो : एनपी साउद « Khabarhub

प्रेस युनियनले जलवायु सङ्कटप्रति विश्वको ध्यान खिच्यो : एनपी साउद


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियनले अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्नु राष्ट्रकै गौरवको विषय भएको बताएका छन् ।

नेपाल प्रेस युनियनको स्थापना दिवसको सन्दर्भमा युनियनको युरोप शाखाले गरेको विशेष कार्यक्रममा सम्बोधन गर्दै नेता साउदले अन्तर्राष्ट्रिय मिडिया सम्मेलन गरेर प्रेस युनियनले लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु सङ्कटको क्षेत्रमा विश्वको ध्यान खिचेको बताए ।

प्रेस स्वतन्त्रता सुदृढ हुँदामात्रै लोकतन्त्र बलियो हुने कांग्रेसको धारणा रहेको उल्लेख गर्दै साउदले लोकतन्त्र संस्थागत गर्न नेपाली प्रेस जगतको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली सञ्चारक्षेत्रको अग्रणी संस्थाका रुपमा रहेको युनियनले साझा मुद्दामा अन्तर्राष्ट्रिय मिडिया जगतसँग सहकार्य गर्दै आएको स्पष्ट पारे ।

युनियनले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घसँगको सहकार्यमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कार्यक्रमहरू गरेको उल्लेख गरे ।

युनियनले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हितमा आफूलाई क्रियाशील राखेको भन्दै अध्यक्ष लम्सालले लोकतन्त्र र प्रेस स्वतन्त्रताका सवालमा कसैसँग सम्झौता नगरिने धारणा राखे । 

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ८ : ११ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको