प्रेस युनियनले जलवायु सङ्कटप्रति विश्वको ध्यान खिच्यो : एनपी साउद « Khabarhub

प्रेस युनियनले जलवायु सङ्कटप्रति विश्वको ध्यान खिच्यो : एनपी साउद


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री एनपी साउदले नेपाल प्रेस युनियनले अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्नु राष्ट्रकै गौरवको विषय भएको बताएका छन् ।

नेपाल प्रेस युनियनको स्थापना दिवसको सन्दर्भमा युनियनको युरोप शाखाले गरेको विशेष कार्यक्रममा सम्बोधन गर्दै नेता साउदले अन्तर्राष्ट्रिय मिडिया सम्मेलन गरेर प्रेस युनियनले लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु सङ्कटको क्षेत्रमा विश्वको ध्यान खिचेको बताए ।

प्रेस स्वतन्त्रता सुदृढ हुँदामात्रै लोकतन्त्र बलियो हुने कांग्रेसको धारणा रहेको उल्लेख गर्दै साउदले लोकतन्त्र संस्थागत गर्न नेपाली प्रेस जगतको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली सञ्चारक्षेत्रको अग्रणी संस्थाका रुपमा रहेको युनियनले साझा मुद्दामा अन्तर्राष्ट्रिय मिडिया जगतसँग सहकार्य गर्दै आएको स्पष्ट पारे ।

युनियनले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घसँगको सहकार्यमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कार्यक्रमहरू गरेको उल्लेख गरे ।

युनियनले स्थापनाकालदेखि नै श्रमजीवी पत्रकारको हितमा आफूलाई क्रियाशील राखेको भन्दै अध्यक्ष लम्सालले लोकतन्त्र र प्रेस स्वतन्त्रताका सवालमा कसैसँग सम्झौता नगरिने धारणा राखे । 

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ८ : ११ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका