माओवादी केन्द्र र नेसपाबीच आज पार्टी एकीकरण हुँदै « Khabarhub

माओवादी केन्द्र र नेसपाबीच आज पार्टी एकीकरण हुँदै


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच सोमबार पार्टी एकीकरण हुँदैछ ।

ललितपुरको ग्वार्को खरिबोटस्थित एक ब्याङ्क्वेटमा बिहान साढे ११ बजे एकता घोषणाको कार्यक्रम रहेको बताइएको छ । कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल समाजवादी पार्टी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको थियो ।

तत्कालीन अध्यक्ष महिन्द्र राय यादव एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नै नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गरेका थिए ।

२९ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ८ : ४७ बजे

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक