माओवादी केन्द्र र नेसपाबीच आज पार्टी एकीकरण हुँदै « Khabarhub

माओवादी केन्द्र र नेसपाबीच आज पार्टी एकीकरण हुँदै


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच सोमबार पार्टी एकीकरण हुँदैछ ।

ललितपुरको ग्वार्को खरिबोटस्थित एक ब्याङ्क्वेटमा बिहान साढे ११ बजे एकता घोषणाको कार्यक्रम रहेको बताइएको छ । कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल समाजवादी पार्टी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको थियो ।

तत्कालीन अध्यक्ष महिन्द्र राय यादव एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नै नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गरेका थिए ।

२९ केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ८ : ४७ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल