भवन जीर्ण हुँदा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समस्या « Khabarhub

भवन जीर्ण हुँदा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई समस्या


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयमा बौद्धिक अपाङ्गता विद्यार्थी अध्ययन गर्ने भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको छ । भवनको छानो चुहिँदा वर्षायाममा पठनपाठनमा समस्या हुँदै आएको छ ।

वर्षायाम सुरु भएको र टिनमा ठुला–ठुला प्वालले पढाउँदा पढाउँदै पानी पर्दा समस्या भइरहेको अपाङ्गता स्रोत कक्षाका शिक्षक शिव ढकालले जानकारी दिए । उनले भने, ‘कहिले हावाहुरीले छानो उडाइदिन्छ, उडाएको छानो ल्याएर पुनः छाउने काम पनि गर्‍यौँ, जस्तापाताको प्वालले पानी चुहिने समस्या छ ।’

गत वर्षको हावाहुरीले भवनको जस्तापाता उडाएको थियो । उडाएको जस्तापाता खोजेर ल्याएर पुनः छाउने काम गरिएको उनको भनाइ छ । विद्यालयको स्रोतकक्षामा ११ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् ।

धादिङ घर भएका दीपक गुरुङ परिवारसहित पोखरा पुगेका थिए । ज्याला मजदुरी गर्ने उनको परिवार काममा जाँदा बौद्धिक अपाङ्गता उनी बेवारिसे अवस्थामा पोखरा बजारमा भेटिएका थिए । हाल उनी विद्यालयको अपाङ्गता स्रोतकेन्द्रमा आवासीय रूपमा अध्ययन गरिरहेका छन् ।

तनहुँका रिमबहादुर नेपाली सानै छँदा बौद्धिक अपाङ्गता भएको थाहा पाएपछि बाबुआमाले छाडिदिएका थिए । हजुरआमाले लालनपालन गरेका उनलाई पछि यहीँ स्रोतकेन्द्रमा ल्याएर भर्ना गरिएको थियो । स्रोतकेन्द्रका कर्मचारी साधन श्रेष्ठका अनुसार यहाँ विभिन्न ठाउँका अपाङ्गता भएका विद्यार्थी आवासीय रूपमा अध्ययन गरिरहेका छन् ।

विद्यालयका प्रधानाध्यापक हरिराज काफ्लेले स्रोत साधन अभावमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने भवनको मर्मत गर्न नसकिएको बताए । उनले विद्यालयमा रिक्त रहेको स्रोत शिक्षक दरबन्दी पदपूर्ति समेत हुन नसकेको बताए । (रासस) 

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ८ : ५८ बजे

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाण

काठमाडौं- पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाण पनि

दशैँ लागि पोखरा भित्रिन थाले हिमाली भेडा–च्याङ्ग्रा (तस्बिर)

पोखरा– नेपालीहरूको महान् पर्व वडादशैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा

धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान चिन्तित

बाँके– बाँकेमा फल लाग्ने बेला धानखेतीमा रोगको सङ्क्रमण देखिएपछि किसान

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना