बलम्बु ‘फ्लाइओभर’ निर्माण सकियो (तस्बिरहरू) « Khabarhub

बलम्बु ‘फ्लाइओभर’ निर्माण सकियो (तस्बिरहरू)


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलङ्की-नागढुङ्गा सडक खण्डअन्तर्गत थानकोट चेकपोस्ट नजिकै बलम्बुमा बनिरहेको फ्लाइओभरको काम लगभग सकिएको छ ।

मूल सडकको बीच लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) मा अहिले कालोपत्रे भइरहेको छ । यो फलाइओभरले नागढुङ्गा सुरुङमार्ग (सिस्नेखोला–टोटीपाखा)को पहुँचमार्गलाई कलङ्की-नागढुङ्गा सडकसँग जोड्नेछ ।

यो फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्‍याम्प बनाइएको छ भने पहुँच मार्गतर्फ २१० मिटरको र्‍याम्प तयार गरिएको छ । बीचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ ।

नागढुङ्गा सुरुङमार्गमा पनि फिनिसिङको काम भइरहेको छ ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १० : ५५ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल