पुवाखोलामा ‘बेलिब्रिज’ निर्माण अन्तिम चरणमा « Khabarhub

पुवाखोलामा ‘बेलिब्रिज’ निर्माण अन्तिम चरणमा


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ ।

इलाम नगरपालिका– ९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलामा बेलिब्रिज जडान धमाधम भइरहेको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिए ।

सङ्घीय सरकारको एक करोड ३५ लाखको लागतमा बेलिब्रिज निर्माण भइरहेको हो । यही जेठ मसान्तसम्ममा सम्पन्न गर्ने गरी बेलिब्रिज निर्माण भइरहेको उनको भनाइ छ । बेलिब्रिज ४८ दशमलव ६ मिटर) लम्बाइको हुनेछ ।

निर्माण कम्पनीले ठेक्का पाएको बेलिब्रिजको ७० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए । ‘बेलिब्रिजको सबै सामान ल्याएर जडान सुरु भएको छ, समग्रमा लगभग ७० प्रतिशत काम सकिएको छ’, इञ्जिनियर घिमिरेले भने, ‘अब ठेल्ने काम बाँकी छ, जोड्दै ठेल्दै गर्नुपर्ने भएकाले त्यसका लागि केही समय लाग्ने रहेछ ।’

यस स्थानमा पहिलोपटक बेलिब्रिज निर्माण सुरु भएको हो । यसअघि पुल नहुँदा यात्रीहरू जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा थिए । मध्य बर्खामा भने सो सडक पूर्ण रुपमा बन्द हुने गरेको थियो ।

बेलिब्रिज निर्माण सम्पन्न भएपछि बर्सातको समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ । यसले त्यस क्षेत्रमा सामान ढुवानी गर्न र यात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि बिर्तामोडसम्म ५० किलोमिटर दूरी पर्दछ । इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको छ । बाँकी रहेको भागमा समेत काम सुरु गर्ने प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन प्रमुख इञ्जिनियर पवन भट्टराईले बताए ।  

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ११ : ५५ बजे

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर