माओवादीले माग्यो गृहमन्त्री लेखकको राजीनामा « Khabarhub

माओवादीले माग्यो गृहमन्त्री लेखकको राजीनामा


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरेको हो ।

‘गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि त्यो पहुँच, प्रभाव, प्रयोग हुन नपाओस्,’ बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘स्वतन्त्र, निष्पक्ष छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निष्कर्ष निकालेको छ ।’

उनले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा गृह मन्त्रालयका कर्मचारी जोडिएपछि चौतर्फी रूपमा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको बताए ।

नेपाली कांग्रेसकै नेताहरूले समेत गृहमन्त्री लेखकको राजीनामा मागेको प्रवक्ता सापकोटाले स्मरण गरे ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १२ : ०६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ