कांग्रेस बैठकमा देउवालाई प्रस्ताव- गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई कारबाही गरौँ « Khabarhub

कांग्रेस बैठकमा देउवालाई प्रस्ताव- गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई कारबाही गरौँ


१२ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको छ ।

सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग्ने इतर समूहका नेताहरूलाई स्पष्टीकरण सोध्नु पर्ने माग उठेको हो ।

बैठकपछि पूर्वमहामन्त्री डा. शशांक कोइरालाले बैठकमा इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालासँगै सांसदहरू सुनील शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्नुपर्ने माग उठेको जानकारी दिए ।

‘हामीले के भन्यौँ भने सभापति शेरबहादुर देउवाजीलाई, तपाईंले उनीहरूलाई बोलाउनुस् र सोध्नुस् के भएको हो ? किन भने यसको त समाधान निकाल्नु पर्‍यो नि,’ कोइरालाले भने, ‘एकापसमा मुठभेट गरेर कसको फाइदा हुन्छ ? कांग्रेसको त कहिल्यै फाइदा हुँदैन । त्यसैले उहाँलाई बोलाउन्सु, सोध्नुस्, स्पष्टीकरण माग्नुस् । शेखर डाक्टर सा’वसँग, सुनीलसँग, राजेन्द्र बजगाईंसँग ।’

तर, सभापति देउवाले यस विषयमा उनीहरूलाई पार्टीले स्पष्टीकरण सोध्नेबारे कुनै ठोस जवाफ भने दिएनन् । ‘उहाँ (सभापति) ले हुन्छ, हुँदैन केही भन्नुभएन । हेर्छु भन्नुभयो,’ पूर्वमहामन्त्री कोइरालाले भने, ‘मलाई लाग्छ, त्यो गर्नु पर्छ ।’

नेता कोइरालाले शनिबार गृहनगर विराटनगरमा पत्रकारहरूसँगको कुराकानीमा गृहमन्त्री लेखकलाई राजीनामा दिन सुझाव दिएका थिए । यस्तै सांसदद्वय शर्मा र बजगाईं पनि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  १२ : २६ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली