अझै बनेन कर्णाली अस्पतालमा दुई महिनादेखि बिग्रिएको सिटी स्क्यान मेसिन « Khabarhub

अझै बनेन कर्णाली अस्पतालमा दुई महिनादेखि बिग्रिएको सिटी स्क्यान मेसिन


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश अस्पतालमा सिटी स्क्यान मेसिन बिग्रिएको दुई महिनाभन्दा पुगेको छ । गत चैत्र ८ गते बिग्रिएको सिटी स्क्यान मेसिन अस्पतालले चासो नदिँदा बनाउनमा ढिलाइ भएको हो ।

दुई महिनादेखि सिटी स्क्यान नबन्दा बिरामीले निजी अस्पतालमै पुगेर सेवा लिन बाध्य भएका छन् ।

प्रदेशकै ठूलो सरकारी अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बिरामी निजी अस्पताल जान बाध्य छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा सिटी स्क्यान मेसिन कर्णाली केयर र देउती अस्पतालमा रहेका छन् । 

सरकारी अस्पतालमा सिटी क्यान गर्दा कम लागत लाग्ने भए पनि निजी अस्पतालमा सिटी स्क्यान गर्दा महँगो लागत तिर्नुपर्ने बाध्यता रहेको छ ।

अस्पतालको सिटी स्क्यान मेसिन बनाउनका लागि ठेकेदार कम्पनीले चीनबाट सामान मगाएको र आउने शुक्रबारबाट सञ्चालनमा आउने प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले बताए । 

‘विदेशबाट सामान मगाउनु परेकाले केही ढिलाइ भएको हो,’ उनले भने,‘चीनबाट सामान आइसकेको छ । शुक्रबारबाट सञ्चालनमा आउँछ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १२ : २५ बजे

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को