काँजी हिमाल अध्ययन गर्न गएको टोलीले भेट्टायो तीन नयाँ हिमताल « Khabarhub

काँजी हिमाल अध्ययन गर्न गएको टोलीले भेट्टायो तीन नयाँ हिमताल


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सर्खेत– हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको तिल गाउँमा गएको हिमपहिरोको अध्ययन गर्नका विज्ञ टोलीले काँजी हिमालमा तीन वटा हिमताल भेटाएको छ । विज्ञ टोलीले पाँच हजार तीन सय ५० मीटरमा रहेको हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको हो ।

यसअघि दुई वटा हिमताल देखिएको स्थानमा तीन वटा ताल भेटिएको भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटाले बताए । 

गत जेठ एक गते हिम ताल फुटेर पहिरो गएको आशंका गरिएको अवस्थामा त्यसको सत्य तथ्य पत्ता लगाउन विज्ञ टोली पुगेको छ ।

काठमाडौंबाट आएको तीन सदस्यीय विज्ञ टोली लिमीको तील गाउँमा पुगेर आइतबार हिमपहिरो सुरु भएको स्थानतर्फ गएको थियो । 

टोलीमा राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका शुसिलकुमार श्रेष्ठ, खानी तथा भू–गर्भ विभागका सिडिई शिवप्रसाद बास्कोटा र हाईड्रोलोजिस्ट ईन्जिनीयर सौहार्द जोशी रहेका छन् । काँजी हिमालमा दुई स्थानीयसहित पाँच जनाको टोली गएको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

यही जेठ १ गते रातीको बाढी र सुख्खा पहिरोका कारण नाम्खा गाउँपालिका–६ तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १२ : ३७ बजे

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले