काँजी हिमाल अध्ययन गर्न गएको टोलीले भेट्टायो तीन नयाँ हिमताल « Khabarhub

काँजी हिमाल अध्ययन गर्न गएको टोलीले भेट्टायो तीन नयाँ हिमताल


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सर्खेत– हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको तिल गाउँमा गएको हिमपहिरोको अध्ययन गर्नका विज्ञ टोलीले काँजी हिमालमा तीन वटा हिमताल भेटाएको छ । विज्ञ टोलीले पाँच हजार तीन सय ५० मीटरमा रहेको हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको हो ।

यसअघि दुई वटा हिमताल देखिएको स्थानमा तीन वटा ताल भेटिएको भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटाले बताए । 

गत जेठ एक गते हिम ताल फुटेर पहिरो गएको आशंका गरिएको अवस्थामा त्यसको सत्य तथ्य पत्ता लगाउन विज्ञ टोली पुगेको छ ।

काठमाडौंबाट आएको तीन सदस्यीय विज्ञ टोली लिमीको तील गाउँमा पुगेर आइतबार हिमपहिरो सुरु भएको स्थानतर्फ गएको थियो । 

टोलीमा राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका शुसिलकुमार श्रेष्ठ, खानी तथा भू–गर्भ विभागका सिडिई शिवप्रसाद बास्कोटा र हाईड्रोलोजिस्ट ईन्जिनीयर सौहार्द जोशी रहेका छन् । काँजी हिमालमा दुई स्थानीयसहित पाँच जनाको टोली गएको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

यही जेठ १ गते रातीको बाढी र सुख्खा पहिरोका कारण नाम्खा गाउँपालिका–६ तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १२ : ३७ बजे

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३