मकैमा फौजी किराको समस्या, दोलखाका किसान चिन्तित « Khabarhub

मकैमा फौजी किराको समस्या, दोलखाका किसान चिन्तित


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लामा अमेरिका फौजी किराको प्रकोपले मकै बाली नष्ट पार्न थालेपछि किसान चिन्तित बनेका छन्।

गोडमेल गरेर मल लगाउने बेलाका मकैको बोटसँगै गुवो नै किराले सखाप पार्न थालेपछि दोलखाका ४ पालिकाका किसानहरू चिन्तित बन्दै फौजी नियन्त्रणको उपाय खोज्न थालेका हुन।

गत वर्ष सामान्य फौजी प्रकोप हुँदा किरा नियन्त्रणमा खासै चासो नदिएका यहाँका किसानहरूले यस वर्ष मकैमा व्यापक प्रकोप देखिएपछि नियन्त्रणको लागि स्थानीय पालिका तथा वडामा किरा नियन्त्रणको लागि सहयोग माग्न थालेको पाइएको छ।

 जिल्लाको वैतेश्वर गाउँपालिका, कालिन्चोक गाउँपालिका मेलुङ गाउँपालिका र गौरीशंकर गाउँपालिकाको तल्लो क्षेत्रमा किसानले लगाएको मकै बालीमा व्यापक रूपमा फौजी फैलिएको स्थानीय किसानहरूले बताएका छन्।

मेलुङकी स्थानीय कृषक विमला लामाले मकै बालीमा अमेरिकन फौजी किराको आक्रमणले सताएको बताइन् ।

रोपेको ३०/४० दिन भयो। गुड्ने समयसम्म फाट्टफुट्ट फौजी संक्रमण दिए तर अहिले सिङ्गो चौरबारीमा प्रकोप फैलिएको छ उनले सुनाइन् । 

किराले सताउन थालेपछि जति मिहेनत र परिश्रम गरे पनि बालीमा क्षति हुँदै गएकाले उत्पादनमा असर पुग्ने लामाको भनाइरहेको  छ।मेलुङकि विमलाको जस्तै पिडा कालिन्चोकका स्थानीय किसान सुमन पाठकको पनि रहेको छ।

आफ्नो चार रोपनी जमिनमा मकैखेती लगाइएकामा बोटमा किरा लागेर हैरान पारेको छ, गत वर्ष पनि यस्तै समस्याले पिरोलेको थियो किसान पाठकले भने,’ अहिले पनि समस्या उस्तै छ ।’ किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र किराको प्रकोपले समस्या सिर्जना गरेको उनले बताए ।

यता वैतेश्वरका अधिकांश किसानलाई पनि फौजी प्रकोपले मकै जोगाउन मुस्किल परेको छ।वैशाखसम्म खासै प्रकोप नरहेको मकै बालीमा जेठको पहिलो सातादेखी नै तीव्र प्रकोप फैलिएको भन्दै किसानहरूले किरा नियन्त्रणको लागि उपाय खोज्न थालेका छन्।

वैतेश्वरको वडा नम्बर-२ को थापागाउँ,सानिटार,वडा नम्बर-३ को पाइले, खानीगाउँ, मजुवा, चिलाउनेखड्का, यार्सा, वडा नम्बर-५ को खत्रीगाउँ, कालथोक, बगर र वडा नम्बर-६ को नाम्दु बनगाउँ क्षेत्रमा फौजी प्रकोप रहेको स्थानीय किसानहरूले बताए। त्यसैगरी गौरीशंकर गाउँपालिकाको ज्याकु र जुँगुको तल्लो क्षेत्रमा पनि फौजी किराको प्रकोप देखिएको छ।

विभिन्न गाउँमा किसानले लगाएको मकैमा मौसमको प्रतिकूलताका कारण फौजी किराको प्रकोप देखिएपछि कृषकहरू चिन्तित भएका छन् । जिल्लाको वैतेश्वर गाउँपालिकाले व्यापक प्रकोपको गुनासो आएपछि सोमबारदेखि कृषि प्राविधिक सहित किरा नियन्त्रण गर्न विषादी पठाउने तयारी गरेको वैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलले बताए।

अमेरिकी फौजी कीरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने रातमा सक्रिय हुने कीरा हो । उपयुक्त खाना तथा वासस्थानको खोजीमा फौजी कीराको वयस्क पुतली सय किलोमिटर टाढासम्म उडेर जान सक्ने भएकोले यसको समयमै नियन्त्रण गर्न नसके यसले धेरै क्षति पुर्‍याउने कृषि विज्ञहरूको भनाइरहेको छ।

यो कीराको प्रजातिले धानचमरा नपलाएको कलिलो मकैलाई नष्ट गर्छ । मकैको पात, गुभो, जुँगा तथा घोगामा समेत क्षति पुर्‍याउने गरेको बाली वैज्ञानिकहरूको भनाइ छ । प्रकोप रोक्न समयमै कीरा मार्न प्रयोग हुने विषादी प्रयोग गरेर कीरा मार्न सकिने विज्ञको किसानलाई सुझाव छ  । – सुबास बस्नेत/दोलखा

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १ : ०१ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर