गणतन्त्रका विरोधीहरू जनविरोधी हुन : महासचिव पोखरेल « Khabarhub

गणतन्त्रका विरोधीहरू जनविरोधी हुन : महासचिव पोखरेल


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरोधीहरू जनविरोधी भएको बताएका छन्। 

एमाले बागमती प्रदेश कमिटीले पार्टीबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि जनताका विरुद्धका गतिविधि भएको बताए। गणतन्त्रविरुद्ध हुने गतिविधिविरुद्ध सिङ्गो पार्टी एक ढिक्का भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

‘लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधि जनताको सम्प्रभुताका विरुद्धका अर्थात् जनताका विरुद्धका गतिविधिहरू हुन् भन्नेमा आम जनतालाई सचेत र जागरुक बनाउने अभियानमा सिङ्गो पार्टी पङ्क्ति क्रियाशील हुनु पर्दछ,’ महासचिव पोखरेलले भने। उनले गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकाले पार्टीले विशेष उत्सवका रूपमा मनाउन लागिएको बताए।

एमालेले गणतन्त्र दिवसलाई विविध कार्यक्रमको आयोजना गरी उत्सवका रूपमा मनाउन आमजनसमुदायलाई आह्वानसमेत गरेको छ । महासचिव पोखरेलले प्रदेश कमिटी र जिल्ला कमिटीले विभिन्न सङ्घसंस्थालाई गणतन्त्र दिवस उत्सवका रूपमा मनाउनका लागि विविध प्रकारका रचनात्मक कार्यक्रम आयोजना गर्न प्रेरित गर्नेसमेत बताए।

 उनले आवश्यकताअनुसार उपत्यकाको हकमा केन्द्रीय कार्यालय र उपत्यकाबाहिर प्रदेश तथा जिल्लाले नेतृत्वलाई परिचालन गरिने जानकारी दिए । 

रासस

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १ : ०५ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र