बाबुरामलाई छाडेका गंगानारायण महिन्द्रलाई पनि एक्लै पारेर माओवादीतिर | Khabarhub Khabarhub

बाबुरामलाई छाडेका गंगानारायण महिन्द्रलाई पनि एक्लै पारेर माओवादीतिर


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुनैबेला तत्कालीन नेकपा(माओवादी) का शीर्ष नेतामध्ये एक डा. बाबुराम भट्टराईका विश्वासपात्र थिए विश्वदीप पाण्डे र गंगानारायण श्रेष्ठ । यी दुई नेताले बाबुरामलाई सशस्त्र द्वन्द्वको समयदेखि हरेक संकटको अवस्थामा बाबुरामलाई साथ दिए ।

माओवादीले चला‌एको द्वन्द्वकालमा बाबुरामलाई कारबाही गरिँदा पनि साथ दिएका उनीहरू नयाँ शक्ति पार्टी हुँदै नेपाल समाजवादी पार्टीमा पनि सँगै थिए । तर, बाबुरामले पटक पटक बनाएको पार्टीले गति लिन नसकेपछि विरक्तिएका यी दुई नेता अब पुरानै घर अर्थात् पुष्पकम दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उसो त बाबुरामको सचिवालय चलाउने विश्वदीप २०८० चैतमै माओवादीमा प्रवेश गरिसकेका छन् । त्यसपछि सर्लाहीमा मा‌ओवादीको चुनाव चिह्न लिएर लडेका महिन्द्र राय यादव र बागमतीका पूर्वमन्त्री गंगानारायण श्रेष्ठले पनि प्रचण्डसँगै सहयात्राको निर्णय गरेका थिए ।

उनीहरूले माओवादीसँग एकताको निर्णय गरे पनि महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीको अस्तित्व कायमै थियो । उता बाबुरामले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) खोलिसकेका छन् ।

बाबुरालाई छाडेर माओवादीमा मिल्ने निर्णय गरेका गंगानारायण र महिन्द्रबीच पनि कुरा मिलेन । माओवादीमा मिसिने विषयमा कुरा नमिलेपछि गंगानारायणले नेपाल समाजवादीमा बहुमत जुटाएर महिन्द्रलाई एक्ल्याएका छन् ।

रमाइलो त के छ भने सोमबार मात्रै नेपाल समाजवादीको बहुमत कमिटीलाई गंगानारायणले पेरिसडाँडा पुगेर माओवादीमा समायोजन गराएका छन् । जहाँ उनीसहितका नेता कार्यकर्तालाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

बाबुराम करिब करिब एक्लिएको अवस्थामा अब महिन्द्र राय पनि एक्लो परेका छन् । कुनै बेला बाबुरालाई साथ दिएका देवेन्द्र पौडेल, देवेन्द्र पराजुली, कल्पना धमला सबै अहिले माओवादीमा छन् ।

कतिसम्म भने बाबुरामको परिवारकै सदस्य जस्ता रहेका युद्धकालदेखिका सहयात्री विश्वदीप दुई वर्षअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर माओवादीमा प्रवेश गरिसकेका छन् । अहिले उनी खुमलटारमा बाक्लो पहुँच भएका नेतामा गनिन थालेका छन् ।

माओवादीसँग एकताबारे सहमति हुन नसक्दा बाबुरामसँग छुट्टिएका गंगानारायण र महिन्द्र एकै ठाउँ थिए । दुई मिलेर बनेको नेसपा पनि अब करिब विघटन भएको छ । उपेन्द्र यादवको नेतृत्वको जनता समाजवादीमा बाबुराम समाहित भएर कुरा नमिलेपछि सँगै बाहिरिएका महिन्द्रराय अब एक्लै परेका छन् ।

अहिले नेसपाको बहुमत पंक्ति माओवादीमा मिसिँदा एउटा समूह महिन्द्रको साथमै छ। महिन्द्र जस्तै गंगानारायण पनि माओवादी केन्द्रकै चुनाव चिन्ह लिएर सिन्धुलीबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यादव सर्लाही-२ बाट माओवादीको चुनाव चिन्हबाटै प्रतिनिधिसभा सदस्य छन् ।

अब गंगानारायणले महिन्द्रलाई एक्लै बनाएर सोमबार प्रचण्ड नेतृत्वको माओवादीमा पार्टीलाई समायोजन गराएका छन् । उता पार्टीका अध्यक्ष यादव तत्काल एकताको पक्षमा छैनन् । तर अब उनी पनि एक्लिएका छन् । माओवादीमा समायोजन हुने विषयमा कुरा नमिल्दा बाबुरामलाई छाडेर बनेको नेसपा पनि अब औपचारिक रुपमा फुटेको छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १ : १७ बजे

‘नो प्लाष्टिक जोन’ कार्यान्वयन गर्ने कांग्रेसको घोषणा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका सबै तहका कार्यालयहरूलाई प्लाष्टिकरहित क्षेत्र (नो

सरकारी कर्मचारीले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने नियम ल्याउँदै मन्त्री पौडेल

काठमाडौं– सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसङ्ख्या

सशस्त्रका दुई गोताखोर सप्तकोसीमा डुबेको घटनाबारे बुझ्न हलचोक पुगे गृहमन्त्री लेखक

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सप्तकोसीमा सशस्त्र प्रहरी बल नेपालका दुई

नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे गगन- अब त्यो अदालतको विषय भइसक्यो

विराटनगर- सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार