कार्यपालिका बैठक राख्न बालेनलाई दबाब, सदस्यहरूले भने- जनप्रतिनिधिले खोज्दा पनि मेयर भेटिनु हुन्न « Khabarhub

कार्यपालिका बैठक राख्न बालेनलाई दबाब, सदस्यहरूले भने- जनप्रतिनिधिले खोज्दा पनि मेयर भेटिनु हुन्न


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका कार्यपालिका ४० जना सदस्यहरूले मेयर बालेन्द्र साहलाई जति सक्दो छिटो कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।

सोमबार बसेको कार्यपालिका सदस्यहरूको अनौपचारिक बैठकले यस्तो माग गरेको हो । ४१ सदस्यीय कार्यपालिकामा मेयर साहबाहेक सबै उपस्थित थिए ।

कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व छ । यो बैठकमा रास्वपाबाट १६ नम्बर वडामा निर्वाचित रोजिना श्रेष्ठ पनि सहभागी भइन् । उनले पनि बैठकमा सहभागी भएर बालेनमाथि दबाब बढाउन भूमिका खेलेकी छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्ने’ भनिएको छ । तर काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पुस १० गतेयता बस्न सकेको छैन ।

‘कम्तीमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिकाका विकास निर्माण, नीतिगत निर्णय पनि अन्योलमा पर्दै आएका छन्,’ प्रवक्ता नवीन मानन्धरले भने, ‘स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२–८३ का लागि बजेट निर्माणको प्राथमिकताबारे महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन । स्थानीय सरकार सञ्चालन ऐनमै सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र अध्यक्षता गर्ने प्रावधान छ । तर, मेयरले नबोलाउँदा आगामी आर्थिक वर्षको बजेटमा अन्योल देखिएपछि घचघच्याएका हौँ ।’

मेयरको नेतृत्वको सीमा निर्धारण समितिको बैठकसमेत बस्न नसक्दा बजेट कस्तो र कत्रो ल्याउने भन्नेमा अन्योल छ । त्यससँगै नजिकिएको बर्खामा विपद्का घटना पनि बढ्ने छन् ।

यस्तो बेला कार्यपालिका बैठक नबस्दा थप अन्योल छाएको जनप्रतिनिधिको भनाइ छ । तर, मेयर साहले बैठकमा चासो नदेखाउँदा थप समस्या सिर्जना भएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन् ।

‘जनताप्रति उत्तरदायी हुनुपर्ने जनप्रतिनिधि नै जवाफदेही नहुँदा काममा अवरोध देखिएको छ । त्यसैले बैठक बोलाउन दबाब दिएका हौँ,’ एक कार्यपालिका सदस्यले भने, ‘हाम्रो मेयर जनताले खोज्दा भेटिनुहुन्न, जनप्रतिनिधिले खोज्दा पनि भेटिनुहुन्न । सामाजिक सञ्जालमा उहाँका स्ट्याटस हेरेपछि यतै रहेको थाहा पाउँछौँ । हाम्रा लागि यो दुर्भाग्यपूर्ण छ ।’

पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख स्पष्टीकरण सोधेपछि मेयर बालेन रिसाएका छन् । उनले त्यसको बदलमा प्रवक्ता नवीन मानन्धरलाई जथाभावी बोलेको भन्दै स्पष्टीकरण सोधेर काउन्टर दिएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  २ : ५५ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध