कार्यपालिका बैठक राख्न बालेनलाई दबाब, सदस्यहरूले भने- जनप्रतिनिधिले खोज्दा पनि मेयर भेटिनु हुन्न | Khabarhub Khabarhub

कार्यपालिका बैठक राख्न बालेनलाई दबाब, सदस्यहरूले भने- जनप्रतिनिधिले खोज्दा पनि मेयर भेटिनु हुन्न


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका कार्यपालिका ४० जना सदस्यहरूले मेयर बालेन्द्र साहलाई जति सक्दो छिटो कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।

सोमबार बसेको कार्यपालिका सदस्यहरूको अनौपचारिक बैठकले यस्तो माग गरेको हो । ४१ सदस्यीय कार्यपालिकामा मेयर साहबाहेक सबै उपस्थित थिए ।

कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व छ । यो बैठकमा रास्वपाबाट १६ नम्बर वडामा निर्वाचित रोजिना श्रेष्ठ पनि सहभागी भइन् । उनले पनि बैठकमा सहभागी भएर बालेनमाथि दबाब बढाउन भूमिका खेलेकी छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्ने’ भनिएको छ । तर काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पुस १० गतेयता बस्न सकेको छैन ।

‘कम्तीमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिकाका विकास निर्माण, नीतिगत निर्णय पनि अन्योलमा पर्दै आएका छन्,’ प्रवक्ता नवीन मानन्धरले भने, ‘स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२–८३ का लागि बजेट निर्माणको प्राथमिकताबारे महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन । स्थानीय सरकार सञ्चालन ऐनमै सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र अध्यक्षता गर्ने प्रावधान छ । तर, मेयरले नबोलाउँदा आगामी आर्थिक वर्षको बजेटमा अन्योल देखिएपछि घचघच्याएका हौँ ।’

मेयरको नेतृत्वको सीमा निर्धारण समितिको बैठकसमेत बस्न नसक्दा बजेट कस्तो र कत्रो ल्याउने भन्नेमा अन्योल छ । त्यससँगै नजिकिएको बर्खामा विपद्का घटना पनि बढ्ने छन् ।

यस्तो बेला कार्यपालिका बैठक नबस्दा थप अन्योल छाएको जनप्रतिनिधिको भनाइ छ । तर, मेयर साहले बैठकमा चासो नदेखाउँदा थप समस्या सिर्जना भएको जनप्रतिनिधिहरूले गुनासो गरेका छन् ।

‘जनताप्रति उत्तरदायी हुनुपर्ने जनप्रतिनिधि नै जवाफदेही नहुँदा काममा अवरोध देखिएको छ । त्यसैले बैठक बोलाउन दबाब दिएका हौँ,’ एक कार्यपालिका सदस्यले भने, ‘हाम्रो मेयर जनताले खोज्दा भेटिनुहुन्न, जनप्रतिनिधिले खोज्दा पनि भेटिनुहुन्न । सामाजिक सञ्जालमा उहाँका स्ट्याटस हेरेपछि यतै रहेको थाहा पाउँछौँ । हाम्रा लागि यो दुर्भाग्यपूर्ण छ ।’

पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख स्पष्टीकरण सोधेपछि मेयर बालेन रिसाएका छन् । उनले त्यसको बदलमा प्रवक्ता नवीन मानन्धरलाई जथाभावी बोलेको भन्दै स्पष्टीकरण सोधेर काउन्टर दिएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  २ : ५५ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न