‘भारतीयले पठाउने इमेलको जवाफ दिन्नँ’ भनेपछि किवी आप्रवासनमन्त्री विवादमा « Khabarhub

‘भारतीयले पठाउने इमेलको जवाफ दिन्नँ’ भनेपछि किवी आप्रवासनमन्त्री विवादमा


१२ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीयबारे विवादित बयान दिएपछि न्यूजिल्याण्डकी आप्रवासन मन्त्रीको आलोचना शुरु भएको छ । किवी आप्रवासनमन्त्री एरिका स्ट्यानफोर्डले संसदमा भारतीयहरुबारे विवादित बयान दिएकी थिइन् ।

त्यसबेला उनले कुनै पनि भारतीयले आफूलाई पठाउने इमेलको कहिल्यै पनि रिप्लाइ नदिने गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘मैले आधिकारिक सूचना ऐनको पालना गरेकी छु । पछि काम लाग्छन् भन्ने उद्देश्यले मैले गर्नुपर्ने सबै कुराहरु संसदीय इमेल ठेगानामा फरवार्ड पनि गर्दै आएकी छु ।’

तर, भारतीयले पठाएको इमेलको जवाफ भने नदिने गरेको उनको भनाइ छ । उनले भनिन्, ‘मैले उदाहरणका लागि भारतका मान्छेबाट आप्रवासनसम्बन्धी सल्लाहबारे धेरै इमेलहरु पाउने गरेकी छु, म रिप्लाइ नै दिन्नँ । म यस्ता इमेललाई झण्डै स्पाम ठान्छु ।’

मन्त्रीको यस्तो भनाइ आएपछि लेबर पार्टीकी भारतीय मूलकी सांसद प्रियंका राधाकृष्णनले मन्त्री स्ट्यानफोर्डको आलोचना गरेकी छिन् । मन्त्रीको बयान ‘बेपरवाह’ र ‘भेदभावपूर्ण’ रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ५ : २७ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६