‘भारतीयले पठाउने इमेलको जवाफ दिन्नँ’ भनेपछि किवी आप्रवासनमन्त्री विवादमा « Khabarhub

‘भारतीयले पठाउने इमेलको जवाफ दिन्नँ’ भनेपछि किवी आप्रवासनमन्त्री विवादमा


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीयबारे विवादित बयान दिएपछि न्यूजिल्याण्डकी आप्रवासन मन्त्रीको आलोचना शुरु भएको छ । किवी आप्रवासनमन्त्री एरिका स्ट्यानफोर्डले संसदमा भारतीयहरुबारे विवादित बयान दिएकी थिइन् ।

त्यसबेला उनले कुनै पनि भारतीयले आफूलाई पठाउने इमेलको कहिल्यै पनि रिप्लाइ नदिने गरेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘मैले आधिकारिक सूचना ऐनको पालना गरेकी छु । पछि काम लाग्छन् भन्ने उद्देश्यले मैले गर्नुपर्ने सबै कुराहरु संसदीय इमेल ठेगानामा फरवार्ड पनि गर्दै आएकी छु ।’

तर, भारतीयले पठाएको इमेलको जवाफ भने नदिने गरेको उनको भनाइ छ । उनले भनिन्, ‘मैले उदाहरणका लागि भारतका मान्छेबाट आप्रवासनसम्बन्धी सल्लाहबारे धेरै इमेलहरु पाउने गरेकी छु, म रिप्लाइ नै दिन्नँ । म यस्ता इमेललाई झण्डै स्पाम ठान्छु ।’

मन्त्रीको यस्तो भनाइ आएपछि लेबर पार्टीकी भारतीय मूलकी सांसद प्रियंका राधाकृष्णनले मन्त्री स्ट्यानफोर्डको आलोचना गरेकी छिन् । मन्त्रीको बयान ‘बेपरवाह’ र ‘भेदभावपूर्ण’ रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ५ : २७ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको