शंकर पोखरेलको आरोप- राजावादीले गणतन्त्रविरुद्ध ठूलो रकम खर्चिएर भ्रम छरे « Khabarhub

शंकर पोखरेलको आरोप- राजावादीले गणतन्त्रविरुद्ध ठूलो रकम खर्चिएर भ्रम छरे


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) महासचिव शंकर पोखरेलले प्राप्त संघीय लोकतन्त्रीक गणतन्त्रविरुद्ध ठूलो रकम खर्चेर राजावादीले भ्रम छरेको बताएका छन् ।
एमाले बागमती प्रदेश कमिटिद्वारा ललितपुरको गोदावरीमा आयोजित निर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण भेलालाई संवोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘लामो बलिदानीले प्राप्त लोकतन्त्र संसारमै उत्कृष्ट व्यवस्था हो । त्यसलाई कमजोर बनाउन पछिल्लो समय राजावादीहरू सामाजिक सञ्जाल र सञ्चार माध्यममा मोटो रकम लगानी गरेर व्यवस्थाविरुद्ध लाग्ने काम गरेका छन्,’– पोखरेलले भने ।

राजाको प्रत्यक्ष शासन प्रणालीभन्दा छोटो अवधिको गणतन्त्रात्मक शासन व्यवस्थाले नागरिकलाई बहुआयामिक क्षेत्रमा राहत दिएको बताए ।

उनले विकास निर्माणको काममा फड्को मारेको दृष्टान्त प्रस्तुत गर्दै गणतन्त्रको विकल्प खोज्ने राजावादीहरूको दिवास्वप्ना कहिल्यै पूरा नहुने बताए ।

‘पञ्चायती व्यवस्थामा धनी र गरिबबीचको खाडल २१ गुणा थियो, त्यो घटेर अहिले घटेर ६ गुणामा झरेको छ । मान्छेको औसत आयु ५४ बाट बढेर ७४ वर्ष पुगेको छ । मेचीदेखि महाकालीसम्मको भौतिक पूर्वाधार विकासको अवस्था हेर्दा निकै आकाश जमिनको फरक छ’, उनले भने, ‘अझै नागरिकमा आशा फैल्याउने गरी देशभर ठूला विकास परियोजना सञ्चालनमा छन् । उपलब्धि अध्ययन नगरेर लोकतान्त्रिक व्यवस्थामा काम भएन भन्ने भ्रम चिर्दै आशा जागाउने अभियानको अग्रमोर्चामा वडा सरकार लाग्नु पर्छ ।’

कार्यकारी अधिकार र बजेटका हिसाबले हाम्रा वडा सरकारसँग कम भए पनि प्रत्यक्ष रुपमा तीनै तहका सरकारलाई नागरिकको चुल्होमा जोड्ने काममा निकै महत्वपूर्ण भएकाले नागरिकमा आशा जगाउने कामको नेतृत्व वडाले लिनुपर्नेमा पोखरेलले बताए ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ३ : २९ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ