शंकर पोखरेलको आरोप- राजावादीले गणतन्त्रविरुद्ध ठूलो रकम खर्चिएर भ्रम छरे « Khabarhub

शंकर पोखरेलको आरोप- राजावादीले गणतन्त्रविरुद्ध ठूलो रकम खर्चिएर भ्रम छरे


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) महासचिव शंकर पोखरेलले प्राप्त संघीय लोकतन्त्रीक गणतन्त्रविरुद्ध ठूलो रकम खर्चेर राजावादीले भ्रम छरेको बताएका छन् ।
एमाले बागमती प्रदेश कमिटिद्वारा ललितपुरको गोदावरीमा आयोजित निर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण भेलालाई संवोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘लामो बलिदानीले प्राप्त लोकतन्त्र संसारमै उत्कृष्ट व्यवस्था हो । त्यसलाई कमजोर बनाउन पछिल्लो समय राजावादीहरू सामाजिक सञ्जाल र सञ्चार माध्यममा मोटो रकम लगानी गरेर व्यवस्थाविरुद्ध लाग्ने काम गरेका छन्,’– पोखरेलले भने ।

राजाको प्रत्यक्ष शासन प्रणालीभन्दा छोटो अवधिको गणतन्त्रात्मक शासन व्यवस्थाले नागरिकलाई बहुआयामिक क्षेत्रमा राहत दिएको बताए ।

उनले विकास निर्माणको काममा फड्को मारेको दृष्टान्त प्रस्तुत गर्दै गणतन्त्रको विकल्प खोज्ने राजावादीहरूको दिवास्वप्ना कहिल्यै पूरा नहुने बताए ।

‘पञ्चायती व्यवस्थामा धनी र गरिबबीचको खाडल २१ गुणा थियो, त्यो घटेर अहिले घटेर ६ गुणामा झरेको छ । मान्छेको औसत आयु ५४ बाट बढेर ७४ वर्ष पुगेको छ । मेचीदेखि महाकालीसम्मको भौतिक पूर्वाधार विकासको अवस्था हेर्दा निकै आकाश जमिनको फरक छ’, उनले भने, ‘अझै नागरिकमा आशा फैल्याउने गरी देशभर ठूला विकास परियोजना सञ्चालनमा छन् । उपलब्धि अध्ययन नगरेर लोकतान्त्रिक व्यवस्थामा काम भएन भन्ने भ्रम चिर्दै आशा जागाउने अभियानको अग्रमोर्चामा वडा सरकार लाग्नु पर्छ ।’

कार्यकारी अधिकार र बजेटका हिसाबले हाम्रा वडा सरकारसँग कम भए पनि प्रत्यक्ष रुपमा तीनै तहका सरकारलाई नागरिकको चुल्होमा जोड्ने काममा निकै महत्वपूर्ण भएकाले नागरिकमा आशा जगाउने कामको नेतृत्व वडाले लिनुपर्नेमा पोखरेलले बताए ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ३ : २९ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल