अन्नपूर्ण आधार शिविरमा म्याराथन दौड प्रतियोगिता « Khabarhub

अन्नपूर्ण आधार शिविरमा म्याराथन दौड प्रतियोगिता


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – अन्नपूर्ण प्रथम हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । 

अन्नपूर्णमा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथन दौड हुन लागेको हो । 

यही जेठ २० गते अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरबाट नारच्याङ गाउँसम्म म्याराथन दौड प्रतियोगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

 म्याराथन प्रतियोगितामा करिब ६० जनाले सहभागिता जनाउने भएका छन् । जेठ १६ देखि २१ गतेसम्म विविध कार्यक्रमसहित मनाउन लागिएको अन्नपूर्ण हीरक महोत्सवका अवसरमा जिल्लामै पहिलो पटक उच्च उचाइमा म्याराथन दौड प्रतियोगिता हुन लागेको अध्यक्ष पुनले बताए।

अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाबाट पाँचरपाँचजना र जिल्लाका अन्य पाँच स्थानीय तहबाट दुई-दुईजना र नारच्याङ क्षेत्रबाट थप युवाले समेत म्याराथनमा भाग लिने म्याराथन दौड प्रतियोगिता उपसमितिका सदस्य चित्र तिलिजाले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ५० हजार, ३० हजार र २० हजार पुरस्कार प्रदान गरिनेछ । 

हीरक महोत्सवका अवसरमा पुर्ख्यौली नाचका साथै विविध कार्यक्रम तय गरिएको छ । आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गर्नाका साथै आधार शिविरमा निर्माण भएको खुला सङ्ग्रहालय र नारच्याङदेखि आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको समेत उद्‌घाटन गर्ने कार्यक्रम छ । 
    
सो अवसरमा आधार शिविरमा शिलालेखमा आरोहीहरूको अभिलेख राख्नेसमेत तयारी गरिएको अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिका सदस्य एवं अन्नपूर्ण प्रथम आधार शिविर पदमार्गका अभियन्ता तेज गुरुङले बताए। 

अन्नपूर्ण हिमाल आरोहण नेपालको पर्वतारोहण इतिहासमा ऐतिहासिक दिनका रूपमा परिचित छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए । 

रासस

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ३ : ५८ बजे

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर