गभर्नर पौडेल र सीईओ चापागाईँबीच भेट, नेप्से पुनर्संरचनाबारे छलफल  « Khabarhub

गभर्नर पौडेल र सीईओ चापागाईँबीच भेट, नेप्से पुनर्संरचनाबारे छलफल 


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँबीच भेटघाट भएको छ । 

भेटमा नेप्सेको पुनर्संरचनाको विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । पौडेलले सीईओ चापागाईंसँग नेप्सेको पुनर्संरचनाको विषयमा के भइरहेको छ भनेर जिज्ञासा राखेको र चापागाँईले अर्थ मन्त्रालयमा बिचाराधीन रहेको ब्रिफिङ गरेको स्रोतले खबरहबसँग भन्यो । 

‘पुनर्संरचनाको विषय कति अगाडि बढ्यो ?’, स्रोतले खबरहबसँग गभर्नर पौडेलको भनाई उद्धृत गर्दै भन्यो । 

चापागाँईले अर्थ मन्त्री ज्यूसँग पुनर्संरचनाको विषय विचाराधीन रहेको पौडेललाई जानकारी गराएको स्रोतले बतायो । 

‘मन्त्री ज्यूकोमा विचाराधीन छ, यो पटक नीति तथा कार्यक्रममा पनि आएको छ, बजेटमा पनि आउँला, सरकारको कार्ययोजनामा पनि आउँला’, स्रोतले सिइओ चापागाईँको भनाई उद्धृत गर्दै भन्यो । 

राष्ट्र बैंक नेप्सेमा ९.५१ प्रतिशत शेयर स्वामित्व छ । पौडेल गभर्नर हुन अगावै नेप्सेको पुनर्संरचना गर्ने विषयमा सकारात्मक देखिएका थिए । गभर्नर भएर गएपछि पनि उनी नेप्सेको पुनर्संरचना गर्ने विषयमा सकारात्मक रहेको स्रोतको भनाई छ । 

भेटका क्रममा सिइओ चापागाँईले गभर्नर पौडेललाई बधाई दिएको नेप्सेले जानकारी दिएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने बधाई आदानप्रदान भएको जानकारी दिएका छन् ।

 ‘सिइओ ज्यूले बधाई दिनुभयो त्यही हो’, पराजुलीले भने, ‘त्यस्तो औपचारिक कुरा खासै केही भएन ।’

नीति तथा कार्यक्रम : फेरि पनि घोषणा भयो नेप्सेको पुनर्संरचना गरिने 


प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ५ : ०० बजे

इरानी नेता खामेनेईका छोरी, ज्वाइँ र नाति मारिए

तेहरान– इजरायली र अमेरिकी आक्रमणका क्रममा इरानी सर्वोच्च नेता आयतोल्लाह

विश्वकप सुपर-८: प्रतिष्ठाको लडाइँमा आज भारत र वेस्ट इन्डिज, जिते सेमिफाइनल, हारे आउट

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल

आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

काठमाडौं – फागुन २१ गतेका लागि तोकिएको निर्वाचन अब चार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर