२०४८ यता नेपालमा वृद्ध मान्छेको संख्या तीन गुणाले बढ्यो, गण्डकीमा सबैभन्दा धेरै « Khabarhub

२०४८ यता नेपालमा वृद्ध मान्छेको संख्या तीन गुणाले बढ्यो, गण्डकीमा सबैभन्दा धेरै


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०४८ यता नेपालमा वृद्ध उमेर भएका मानिसको जनसंख्या तीन गुणाले बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालमा बुढ्यौलीको अवस्था (प्रतिवेदन)अनुसार वि.सं. २०४८ देखि २०७८ सम्मको अवधिमा नेपालमा नेपालमा तीन गुणाले वृद्ध मानिसको संख्या वृद्धि भएको हो ।

प्रतिवेदनअनुसार २०६८ सालमा नेपालको पहाडी क्षेत्रमा बुढ्यौली जनसंख्या २५.७ प्रतिशत रहेकोमा २०७८ सालमा सो संख्या वृद्धि भएर ४३.६ प्रतिशत पुगेको छ । तर, हिमाली र पहाडी क्षेत्रमा बुढ्यौलीको संख्यामा भएको वृद्धिदरको तुलनामा तराई क्षेत्रमा कम देखिएको कार्यालयले जनाएको छ ।

त्यस्तै, प्रदेशगत हिसाबले गण्डकी प्रदेशमा सबैभन्दा धेरै वृद्धहरूको संख्यामा वृद्धि भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । जिल्लागत हिसाबले भने मनाङमा सबैभन्दा धेरै ९०.३ र जाजरकोटमा सबैभन्दा कम १८.७ मान पुगेको कार्यालयले जनाएको छ ।

प्रतिवेदनअनुसार वृद्धहरूमध्ये ५१ प्रतिशत वृद्ध अझै पनि आर्थिक रूपले सक्रिय रहेको र ती मध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न रहेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ५ : ०४ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै