चीनमा पूर्वराष्ट्रपति भण्डारीले भनिन्- केपी ओली नेतृत्वको सरकार समृद्ध नेपाल बनाउन लागिरहेको छ « Khabarhub

चीनमा पूर्वराष्ट्रपति भण्डारीले भनिन्- केपी ओली नेतृत्वको सरकार समृद्ध नेपाल बनाउन लागिरहेको छ


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा बेइजिङमा आयोजित ‘छिमेकी देशहरूसँग साझा भविष्य निर्माण राजनीतिक दलहरूको भूमिका’विषयक संवाद सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै उनले विश्वमा भइरहेको तीव्र परिवर्तन र जटिलताबीच साझा भविष्य निर्माणका लागि राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले नेपालको वर्तमान यात्रा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्तिपूर्ण सामाजिक रूपान्तरण र आर्थिक समृद्धिमा केन्द्रित रहेको बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, र आपसी विश्वासमा आधारित रहेको बताइन् ।

उनले यस सम्बन्धलाई ‘राजनीतिक, आर्थिक र कूटनीतिक आयाममा मात्र सीमित नभई भावनात्मक निकटता र आपसी सहयोगको गहिरो परम्पराले जोडिएको उल्लेख गरिन् ।

आर्थिक सहकार्य र साझा समृद्धिको आधारमा दुई देशबीचको मित्रता थप बलियो र विश्वसनीय बन्दै गएको उनले बताएकी छन्।

भण्डारीले तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्तले समाजवाद निर्माणका लागि मौलिक अवधारणा प्रस्तुत गरेको स्मरण गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नै विशिष्ट परिस्थितिमा सामाजिक-आर्थिक रूपान्तरणको मार्ग अवलम्बन गर्दै आएको उनले बताइन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा गठित वर्तमान सरकार ‘ समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने साझा राष्ट्रिय अभियानमा अग्रसर भइरहेको पनि उनले बेइजिङमा जानकारी दिइन् ।

उनले छिमेकी देशहरूबारे शान्तिपूर्ण, सुरक्षित, समृद्ध, सुन्दर र मैत्रीपूर्ण घर निर्माण गर्ने साझा दृष्टिकोण प्रस्तुत गरेकोमा चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद दिइन् ।

राष्ट्रपति सी चिनफिङले ‘जब एसिया हाम्रो हुन्छ, सम्पूर्ण विश्वलाई फाइदा हुन्छ’ भन्दै सधैँ जोड दिँदै आएको स्मरण गराइन् ।

यो अभिव्यक्तिले छिमेकी राष्ट्रहरूसँग साझा भविष्य भएको समुदाय निर्माण गर्ने चीनको दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने उनको भनाइ थियो।

पूर्वराष्ट्रपति भण्डारीले एसियाली मुलुकहरूबिचको सहकार्य एक राम्रो सुरुवात भएको बताउँदै यसले एसियाको पुनर्जागरणलाई उजागर गरेको विश्वास व्यक्त गरिन् ।

उनले यस संवाद कार्यक्रमलाई केवल एक बैठक मात्र नभई भविष्य निर्माण प्रक्रियाको महत्त्वपूर्ण कडी भएको बताउँदै यस्ता संवाद विषयगत र नियमित बनुन् भन्ने चहाना राखिन् ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ५ : ३५ बजे

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,

बल्खु सुकुम्बासी बस्तीमा पुग्यो डोजर, सामान सार्न व्यस्त बासिन्दा

काठमाडौं– उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अतिक्रमित सुकुम्बासी

‘पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ’  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि

राष्ट्रपतिद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र

राज्यले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रमिक वर्गका लागि राज्यले सामाजिक