अर्थसंक्षेप : कुल गार्हस्थ्य उत्पादनमा धेरै योगदान बागमतीको, शेयर धितो कर्जाको जोखिमभार घट्यो तर बढेन बजार र ईयूमाथि ट्रम्पको ५० प्रतिशत शुल्क जुलाईसम्म स्थगित « Khabarhub

अर्थसंक्षेप : कुल गार्हस्थ्य उत्पादनमा धेरै योगदान बागमतीको, शेयर धितो कर्जाको जोखिमभार घट्यो तर बढेन बजार र ईयूमाथि ट्रम्पको ५० प्रतिशत शुल्क जुलाईसम्म स्थगित


१२ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो योगदान बागमतीको, वृद्धिदर गण्डकीको

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्रदेशगत हिसाबले सबैभन्दा धेरै योगदान बागमती प्रदेशको हुने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष ०८१-८२ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी प्रेस नोट अनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको ३६.५२ प्रतिशत योगदान रहने भएको हो । कार्यालयले चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ६१ खर्ब सात अर्ब हुने प्रारम्भिक अनुमान गरेको छ ।

कुल गार्हस्थ्य उत्पादनमा कोशीले १५.९०, लुम्बिनीले १४.२३, मधेशले १३.१६, गण्डकीले ८.९८, सुदूरपश्चिमले ७.०३ र कर्णाली प्रदेशले ४.१९ प्रतिशत योगदान गर्ने कार्यालयको प्रारम्भिक अनुमान छ । साथै, चालु आर्थिक वर्षमा गण्डकीको प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै हुने अनुमान गरेको छ ।

कार्यालयको प्रेस नोटअनुसार चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको सबैभन्दा धेरै ५.५१ र दोस्रोमा बागमतीको ५.१८, कर्णालीको ४.७४, लुम्बिनीको ४.७०, मधेशको ४.५० र कोशी प्रदेशको ३.३४ प्रतिशत आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान छ ।

२० प्रतिशत बजेट शिक्षामा छुट्टाउन नेविसंघको माग

१४ वर्षदेखि निर्माणाधीन सिरहा-धनुषा पुल बजेटमा समेट्न माग

गभर्नर पौडेल र सीईओ चापागाईँबीच भेट, नेप्से पुनर्संरचनाबारे छलफल

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँबीच भेटघाट भएको छ ।

भेटमा नेप्सेको पुनर्संरचनाको विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । पौडेलले सीईओ चापागाईंसँग नेप्सेको पुनर्संरचनाको विषयमा के भइरहेको छ भनेर जिज्ञासा राखेको र चापागाँईले अर्थ मन्त्रालयमा बिचाराधीन रहेको ब्रिफिङ गरेको स्रोतले खबरहबसँग भन्यो ।

‘पुनर्संरचनाको विषय कति अगाडि बढ्यो ?’, स्रोतले खबरहबसँग गभर्नर पौडेलको भनाई उद्धृत गर्दै भन्यो ।

चापागाँईले अर्थ मन्त्री ज्यूसँग पुनर्संरचनाको विषय विचाराधीन रहेको पौडेललाई जानकारी गराएको स्रोतले बतायो ।

प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच छुट सम्झौता

शेयर धितो कर्जाको जोखिमभार घट्दा पनि बढेन बजार

नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर विश्व पौडेलले शेयर धितो कर्जाको प्रोभिजन (जोखिमभार) १२५ प्रतिशत रहेकोमा घटाएर १०० प्रतिशत गर्दा समेत शेयर बजार घटेको छ ।

आइतबार पौडेलले पहिलो मौद्रिक नीतिको समीक्षा गर्दै निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले लगाएको शेयर धितो कर्जाको प्रोभिजन घटाएर १०० प्रतिशत कायम गरेका थिए ।

तर, प्रोभिजन घटाएको भोलिपल्ट अर्थात आज सोमबार भने शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.२१ प्रतिशतले घटेर बन्द भएको छ ।

प्रि–ओपन सेसनमा समेत उच्च अंकले बढेको शेयर बजार बन्द हुँदा भने ०.१९ प्रतिशतले घटेर २६७४.७६ विन्दुमा आएको छ । बजार खुलेको केही समयमा उच्च अंककाले वृद्धि देखिएको नेप्सेमा आज ९२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर भएको छैन ।

एनआईसी एसियाको कर्पोरेट कार्यालय कमलादीस्थित आफ्नै भवनमा

बैङ्क तथा वित्तीय संस्थासम्बन्धी संशोधन विधेयक नसच्याए बैङ्किङ होलिडे निश्चित : निजी क्षेत्र

प्रतिनिधिसभाको समितिमा दफाबार छलफलमा रहेको बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० जस्ताको तस्तै पारित भए बैङ्किङ क्षेत्र दुर्घटनामा पुग्ने निजी क्षेत्रका प्रतिनिधिले धारणा राखेका छन् ।

अर्थ समितिको सोमबारको बैठकमा बोल्दै निजी क्षेत्रका प्रतिनिधिहरूले व्यवसायी र बैङ्कर छुट्याउने गरी ल्याइएको व्यवस्था र सम्बद्ध व्यक्तिको परिभाषा जस्ताको तस्तै पारित भए नेपालमा व्यवसायको क्रियाकलापमा नै ‘ब्रेक’ लाग्ने अवस्था सिर्जना हुने बताएका छन् ।

सरकारले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा रहेका ३० वटा विभिन्न दफा संशोधन गर्ने गरी ०८० फागुन १२ गते संसदमा विधेयक दर्ता गरेको थियो । सो विधेयकमाथि निजी क्षेत्रको संस्थागत धारणा माग्दै सोमबार भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायी र निजी क्षेत्र छुट्याउने गरी गरिएको व्यवस्था जस्ताको तस्तै पारित भएमा ठूलो सङ्कटको अवस्था सिर्जना हुने बताए ।

‘इकोनोमिक एक्टिभिटी बढाउने हिसाबले नगर्ने हो, भएकालाई पनि खुम्च्याउँदै लग्ने हो भने हामी बैङ्कमा नै प्रमोटर भएको हिसाबले शेयर बिक्री गर्नुपर्ने वा ऋण तिर्नुपर्ने अवस्था आउँछ, यसो भयो भने ‘इट विल बी डिजास्टर’, अध्यक्ष ढकालले भने, ‘विधेयक कसरी ड्राफ्ट भएर आयो थाहा छैन, यसको इफेक्ट के हुन्छ भन्ने कुरा विचार गरेर ड्राफ्ट बनाइएको हो त ?’

बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रवर्द्धन गर्न माग

काँक्रा बिक्री गरेर ३० लाख आम्दानी !

कूटनीतिक सम्बन्ध सुधार गर्न भारत–क्यानाडा सहमत

ईयूमाथिको धम्कीपूर्ण ५० प्रतिशत भन्सार शुल्क जुलाईसम्म स्थगित गर्ने ट्रम्पको घोषणा

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ६ : ५६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर