कपिलले लिन्छन् एक एपिसोडबाट पाँच करोड पारिश्रमिक « Khabarhub

कपिलले लिन्छन् एक एपिसोडबाट पाँच करोड पारिश्रमिक


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड हाँस्य कलाकार कपिल शर्मा टेलिभिजनबाट विश्राम लिइ ओटीटीमा कार्यक्रम चलाएर चर्चा बटुलिरहेका छन् ।

ओटीटीमा उनको कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’को तेस्रो सिजन जारी छ । यस सिजनको पहिलो एपिसोडमा अतिथि सलमान खान आएका छन् ।

गत शनिबार पहिलो एपिसोड ओटीटीमा प्रिमियर भएको थियो ।

अहिले शोसँगै कपिलको पारिश्रमिकको पनि चर्चा हुन थालेको छ । उनले एक एपिसोडबाट पाँच करोड भारु पारिश्रमिक बुझ्ने गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बलिउड लाइफका अनुसार उनले पहिलो सिजनदेखि नै कपिलले प्रत्येक एपिसोडको पाँच करोड पारिश्रमिक बुझ्ने गरेका छन् ।

यो सिजन १३ एपिसोडको हुने बताइएको छ । यो अवस्थामा कपिलले एकै सिजनबाट ६५ करोड भारु पारिश्रमिक बुझ्ने छन् ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ६ : ४७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित