अस्ट्रेलिया र वेस्ट इन्डिज टेस्टमा बलर हाबी : एकै दिन १४ विकेट « Khabarhub

अस्ट्रेलिया र वेस्ट इन्डिज टेस्टमा बलर हाबी : एकै दिन १४ विकेट


१२ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

ब्रिज टाउन – वेस्ट इन्डिज र अस्ट्रेलियाको पहिलो टेस्टमा बलर हाबी भएका छन्। ब्रिज टाउनमा जारी टेस्टको पहिलो दिन नै १४ विकेट खसेको छ। अस्ट्रेलिया १८० रनमा सीमित भएपछि ब्याटिङ सुरु गरेको वेस्ट इन्डिजले पहिलो दिनको खेल सकिँदा चार विकेटको क्षतिमा ५७ रन जोडेको छ। घरेलु टोली वेस्ट इन्डिजका ब्रान्डन किङले २३ तथा कप्तान रोस्टन चेजले १ रनबाट दोस्रो दिनको पारीको सुरुवात गर्ने छन्।

अस्ट्रेलियाका मिचेल स्टार्कले २ विकेट लिए भने कप्तान प्याट कुमिन्स र जोस हजेलउडले समान १ विकेट लिए।

यसअघि अस्ट्रेलियाका लागि कप्तान ट्रेभिस हेडले सर्वाधिक ५९ तथा उस्मान खवाजाले ४७ रन जोडे। कप्तान कुमिन्सले भने १८ बलमै २८ रन जोडे। बेउ वेबसेटरले ११ रन जोडे भने अन्य कुनै पनि व्याटरले दोहोरो अङ्क छुन सकेनन्।

वेस्ट इन्डिजका जाइडन सिल्सले पाँच तथा सामर जोसेफले चार विकेट लिए।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ९ : ०९ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२