कारागारका मुढाले बजार नपाएपछि उत्पादन बन्द « Khabarhub

कारागारका मुढाले बजार नपाएपछि उत्पादन बन्द


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

चितवन– कारागार कार्यालय चितवनमा तयार गरिएका मुढाले बजार नपाएपछि उत्पादन बन्द गरिएको छ । यहाँ दैनिक रुपमा उत्पादन हुँदै आएको मुढा बजारमा बिक्री नहुँदा उत्पादन बन्द गरिएको हो ।

विगत लामो समयदेखि कैद सजाय भोगिरहेका पदमबहादुरले मुढा बुन्ने काम गर्दै आएका थिए । उनले अहिले मुढा बिक्री हुन छोडेपछि फुर्सदिलो बनेका छन् । कैदीबन्दीका लागि जीवनयापनमा सहज बनाएको यस व्यवसाय बन्द भएपछि दिन काट्नसमेत कठिन हुने उनको भनाइ छ ।

यो काममा दैनिक ९० देखि १०० जनासम्म लाग्ने भए पनि विगत १५ दिनदेखि काम रोकिएको उनले बताए ।

यहाँ उत्पादित मुढा चितवनसहित, कास्की, रुपन्देही, काठमाडौं, मकवानपुर, नवलपरासीलगायत जिल्लामा बिक्री हुने गरेकामा अहिले कममात्रामा बिक्री हुँदा निर्माण रोकिएको कारागार कार्यालयले जनाएको छ ।

कारागारमा उत्पादित मुढालाई बजार व्यवस्थापनको काम गर्दै आएका प्रेमप्रसाद सुवेदीले गत माघदेखि बजार पाउन कठिन हुँदै गएको बताए । अहिले गोदाममा एक हजार ५०० लोकल र स्पेशल ४०० बढी मुढा रहेका छन् । मुढाको बजार विस्तारसँगै सबै कारागारमा यस्ता उद्यम सञ्चालन हुँदा पनि बजार साँघुरिँदै गएको हुनसक्ने उनको भनाइ छ ।

कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले यहाँ उत्पादित मुढाले बजार नपाउँदा कैदी बन्दीलाई दिन बिताउन कठिन हुने गरेको बताए । दिनभरि काम गरेर बस्ने बानी परेकालाई दिन बिताउन मुस्किल हुने उनको भनाइ छ ।

कारागार कार्यालय चितवनमा अहिले ७१० जना कैदीबन्दी रहेका छन् । तीमध्ये ४२ महिला, ६६८ पुरुष र तीन जना आश्रित बालालिका रहेका छन् । ३५ जना महिला कैदीबन्दी र ४७० जना पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहँदै आएको कारागार कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १२ : ०९ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली