आगामी आर्थिक वर्षभित्र लागूऔषध नियन्त्रण विभाग स्थापना गर्छौँ :  गृहमन्त्री « Khabarhub

आगामी आर्थिक वर्षभित्र लागूऔषध नियन्त्रण विभाग स्थापना गर्छौँ :  गृहमन्त्री


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षभित्र लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका छन् ।  

लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले आगामी आर्थिक वर्षभित्र गृहमन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका हुन्  ।

लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उनले बताए । उनले आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागूऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

देशभरका कारागारमा रहेका कैदीहरुमध्ये दोस्रो ठूलो संख्या लागूऔषधसम्बन्धी मुद्दाका कैदी रहेको भन्दै उनले लागूऔषध नियन्त्रणमा अझै पनि चुनौती देखिएको धारणा राखे  ।  

त्यस्तै प्रहरी महानिरीक्षक दीपक थापाले विश्वव्यापी समस्याको रूपमा रहेको लागूऔषध नियन्त्रण र रोकथामका लागि प्रहरी गम्भीर भएर लागेको भन्दै सबै यसका विरुद्ध एकजुट लाग्नुपर्ने बताए  । 

उनले लागूऔषधका कारण शान्तिसुरक्षामा प्रतिकुल प्रभाव पर्ने भएकाले यसका विरुद्ध सामूहिक प्रतिबद्धता आजको आवश्यकता रहेको धारणा राखे । 

उनले बिहीबार मात्रै बिरगंजबाट झण्डै साढे तीन सय क्वीन्टल चरेश बरामद गरिएको र केहीलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता भन्ने नाराका साथ नेपालमा लागू औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको हो । हरेक वर्षको जुन २६ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । 

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १२ : २० बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली