मन्त्री खड्काद्वारा चीनमा आयोजित ऊर्जामन्त्रीस्तरीय बैठक सम्बोधन « Khabarhub

मन्त्री खड्काद्वारा चीनमा आयोजित ऊर्जामन्त्रीस्तरीय बैठक सम्बोधन


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शाङ्हाई सहयोग संगठन (एससिओ)को सदस्य राष्ट्रको पाँचौंँ ऊर्जामन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।
 
चीनको जेझियाङ प्रान्तको निङ्बो सहरमा आयोजित बैठकलाई आज सम्बोधन गर्दै मन्त्री खड्काले एससिओ सदस्य राष्ट्रको जनसङ्ख्या, स्रोत र सम्भावनालाई दृष्टिगत गरी लगानी प्रवर्द्धन एवं ऊर्जा व्यापारका लागि नवीन सोचसहित क्षेत्रीय ढाँचा निर्माण तथा सहकार्यलाई अझ प्रभावकारी र सुदृढ तुल्याउनुपर्ने खाँचो औँल्याए ।

 ‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’ नाराका साथ सुरु भएको उक्त बैठकमा मन्त्री खड्काले एससिओ सदस्य राष्ट्रहरूबीच ऊर्जा विकास, ग्रिड कनेक्टिभिटी, नवप्रवर्तन, ऊर्जा सुरक्षाको प्रवद्र्धनका पक्षमा क्षेत्रीय एकता, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए ।
 
ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको लिएको नेपालले पन्ध्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी योजना तथा कार्यक्रम अघि बढाएको जानकारी दिए।

नेपालमा हाल करिब तीन हजार ५०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइसकेको र निकट भविष्यमा यो दोब्बर बनाउने योजनाका साथ काम भइरहेको उनले बताए।
 
छिमेकी देशहरूसँग विद्युत् व्यापार सुरु गरिसकेको जानकारी दिँदै ऊर्जामन्त्री खड्काले भारतको ग्रिड प्रयोग गरी पहिलोपटक बङ्गलादेशमा विद्युत् निर्यात गरेर त्रिपक्षीय ऊर्जा सहकार्यको नीति कार्यान्वयनमा आएको स्पष्ट पारे ।

एससीओको संवाद साझेदार राष्ट्रका रुपमा क्षेत्रीय ऊर्जा सहकार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खड्काले आपसी सहयोग र सहकार्यका आधारमा वातावरण सन्तुलन, नवप्रवर्तन, दिगो विकासको अवधारणासहित ऊर्जा क्षेत्रको विकास एवं विस्तारका पक्षमा नेपाल रहेको स्पष्ट पारे । सो बैठकमा भाग लिन मन्त्री खड्का यही असार १० गते मङ्गलबार चीनतर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १२ : २१ बजे

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य

काठमाडौँ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता