विषादी न्यूनीकरणमा कृषि ज्ञान केन्द्र मनाङको जोड « Khabarhub

विषादी न्यूनीकरणमा कृषि ज्ञान केन्द्र मनाङको जोड


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङमा रासायनिक विषादीरहित उत्पादन हुने स्थानको रूपमा परिचित छ । तर, यहाँ विषादी उपयोगमा न्यूनीकरण तथा प्रयोगमा ल्याउनु अघि नै सचेत गराउने उद्देश्यले समुदायस्तरमा सचेतना फैलाउन कृषि ज्ञान केन्द्र लागिपरेको छ ।

खेतीबालीमा अधिकांश स्थानमा विषादी प्रयोग भएको पाइएको छ । यहाँ पनि बढी उत्पादन लिने र कीरा–फट्याङ्ग्रालाई मार्ने उद्देश्यले उपयोगमा ल्याउन सक्ने सम्भाव्यतालाई मध्यनजर गरी सचेतनाका कार्यक्रम गरिएको केन्द्र प्रमुख मदन रेग्मीले जानकारी दिए ।

मानव स्वास्थ्यमा पार्ने असरका बारेमा समुदायस्तरमा सचेतना फैलाउन आवश्यक देखेर अभियानकै रूपमा कार्यक्रमलाई अगाडि बढाइएको उनको भनाइ छ ।

कीरा–फट्याङ्ग्रा लाग्न नदिनका लागि वानस्पतिक विषादी एवं झोलमल बनाउने विधिसम्बन्धि तालिम दिइएको छ । चामे गाउँपालिका–२ का करिब ४२ किसानलाई प्राङ्गारिकमय बनाउने उद्देश्यले रासायनिकभन्दा प्राङ्गारिक मल प्रयोगमा ल्याउन सिकाइएको प्रमुख रेग्मीले बताए ।

सिस्नु, तितेपातीबाट जैविक मल बनाउन सिकाइएको र जैविक मलले माटोको उर्वरतामा वृद्धि गर्ने प्रमुख रेग्मीले बताए ।

मनाङमा उत्पादित खाद्यवस्तु पूर्ण रूपमा विषादीरहित भए पनि अहिले मौसममा आएको परिवर्तनले विषादी हाल्नुपर्ने सूचना पाएका किसानलाई सचेत गराउन आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १२ : २४ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली