विवाहभन्दा पहिला पार्टनरसँग सोध्नुस् यी प्रश्न « Khabarhub

विवाहभन्दा पहिला पार्टनरसँग सोध्नुस् यी प्रश्न


१२ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाईँ विवाह गर्नेबारे सोचिरहनु भएको छ ? यदि तपाईँले तत्काल विवाह गर्नेबारे सोच्नुभएको छ भने विवाह गर्न लागेको पार्टनरसँग खुलेर कुरा गर्नुस्, आफ्ना कुरा र उनका कुरा सुन्ने र बुझ्ने प्रयास गर्नुस् ।

यसरी खुलस्त भएर विवाह गर्दा आगामी दिनमा तपाईँको वैवाहिक अवस्था सुखद बन्न जान्छ । विवाहलाई लिएर मानिसले केही खालका सपना देखेका हुन्छन् । सबै आफ्नो विवाहलाई यादगार बनाउनका लागि खानादेखि विवाहको स्थानसम्मको पूरा योजना बनाउँछन् । 

जो व्यक्तिसँग आफ्नो पूरा जीवन जिउने अवस्था बनेको हुन्छ उसँग हरेर विषयमा खुलस्त भएर कुरा गर्न र विवाह भन्दा पहिला केही प्रश्नहरू गर्न आवश्यक हुन्छ । ताकि विवाह भन्दा पहिला एक अर्कालाई राम्रोसँग बुझ्न सहज हुन्छ ।

आर्थिक अवस्था– विवाह भन्दा पहिला कयौँ पार्टनरसँग यो सवाल सोध्न चाहन्छन् तर चाहेर पनि यो सोध्न सक्दैनन् । किनकि धेरैलाई पैसा सम्बन्धी धेरै कुरा सोध्न र बुझ्न डर लाग्छ । तर विवाह भन्दा पहिला आफ्नो पार्टनरको आर्थिक अवस्थाबारे जानकारी लिन आवश्यक छ ।

फ्यामिलि प्लानिङ– विवाह भन्दा पहिला पार्टनरसँग फ्यामेलि प्लानिङका बारेमा जरुर कुरा गर्नुहोस् । जब दुई मध्ये एक व्यक्तिलाई बच्चा चाँडो चाहिएको छ भने भने यस विषयमा विवाह भन्दा पहिला कुरा गर्नु आवश्यक हुन्छ । तपाईँलाई कहिले बच्चाको बारेमा सोच्न जरुरी हुन्छ भन्ने विषयमा प्रस्ट हुनु जरुरी हुन्छ ।

वानिव्यहोरा– विवाह भन्दा पहिला आफ्नो पार्टनरको वानी ब्यहोरा बारे जानकारी लिन जरुरी हुन्छ । प्रेम सम्बन्ध भएकाहरूले बानी ब्यहोरा बारे जानकार भएको भए पनि मागी विवाह गर्नेले आफ्नो पार्टरको बानी ब्यहोरा थाहा नपाएको हुनसक्छ । 

त्यसैले उसलाई के मन पर्छ के मन पर्दैन भन्ने कुरा थाहा पाएको खण्डमा सहज हुन जान्छ । यसरी पार्टनरको बानी व्यहोराबारे जानकारी लिँदा दाम्पत्य जीवनलाई राम्रो बनाउन सकिन्छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  १२ : ५५ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह