मौलिक फल्चामा प्रतीक्षालय (तस्बिरहरू) « Khabarhub

मौलिक फल्चामा प्रतीक्षालय (तस्बिरहरू)



काठमाडौँ – नेपालका सांस्कृतिक क्षेत्रहरूमा भेटिने एक दर्जनभन्दा बढी नेपाली वास्तुकला संरचनामध्ये पाटीपौवारसत्तल पनि एक हो । नेवारीमा यस्ता सार्वजनिक आश्रय संरचनालाई फल्चाः भनिन्छ । सांस्कृतिक क्षेत्र र रैथाने नेवारी बस्तीहरूमा भेटिने यस्ता फल्चाः अब आधुनिक शहरको मुख्य सडकपेटीसम्मै बनाउन थालिएको छ ।

लिच्छिवीकालमा विकास भएको मानिने फल्चालाई काठमाडौँ उपत्यकाको धार्मिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक र आर्थिक संरचना पनि मानिन्छ ।

वसन्तपुर दरबार क्षेत्रस्थित यस्तै आश्रयस्थल काष्ठमण्डप लिच्छिवीकालमै बनेको प्रमाणित भइसकेको छ । यो सातौँ शताब्दीतिर नै बनेको र त्यतिखेर प्रयोग गरिएको काठको खम्बा पटकपटकको मर्मतरपुनःनिर्माणपछि पनि प्रयोग हुँदै आएको परीक्षणबाट पुष्टि भएको छ । यसरी काठमाडौँ उपत्यकाको नाम नै एउटा फल्चाबाट विकास भएको हो ।

प्राचीन सिल्करोडमा पर्ने काठमाडौँ उपत्यका भएर यात्रा गर्ने व्यापारी र पर्यटकलाई विश्राम र बसोबास निम्ति भक्तपुर लगायत स्थानमा कयौँ फल्चा भएको इतिहासवृतान्तमा भेटिइन्छ । नेवारी समाजमा कृषिकर्मपछि विश्राम गर्न र वृद्धवृद्धलाई पछिल्लो पुस्तासँग साक्षात्कार गराउन पनि फल्चाको महत्व उच्च रहेको पाइन्छ ।

तिब्बतसँग व्यापारका क्रममा आवतजावत गर्दा बस्न होस् या काठमाडौँ उपत्यका बाहिरबाट आएका मानिसहरूलाई आश्रय दिन होस्‌, काठमाडौँ उपत्यकाका चारै दिशामा मौलिक वास्तुकला खिपेर बनाएका त्यस्ता फल्चाहरू केही वर्ष अघिसम्म जताततै भेटिइन्थे । तर बढ्दो शहरीकरण, आवतजावत गर्ने प्रमुख रूट परिवर्तन र मौलिक सम्पदाप्रति बेवास्ताका कारण यस्ता फल्चाहरू पछिल्लो समय मास्न थालिएको थियो ।

नेपालीको प्राचीन इतिहासको परम्परा र संस्कृतिसँग अटुट जोडिएका फल्चा संरक्षणमा यतिखेर काठमाडौँ महानगर लागेको छ । महानगरले हाल उपत्यकाका प्रमुख सडक छेउका पैदलमार्गमै धमाधम फल्चा निर्माण गरिरहेको छ । यस्ता फल्चा यात्रुका लागि विश्रामस्थल र प्रतीक्षालय हुन्‌ ।

काठमाडौँ महानगरका वर्तमान मेयरमा बालेन शाह निर्वाचित भएपछि आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममै फल्चा विकास योजना समावेश गरेका थिए । २०८० फागुनमा बिजुलीबजार पुल नजिक र बबरमहलमा दुईवटा नमूना फल्चा निर्माण गरिएको थियो ।

महानगरकी उपप्रमुख सुनिता डङ्गोलले २०८१ असारमा माइतीघर-तीनकुने सडकखण्डमा फल्चा शैलीका बस बिसौनी उद्घाटन गरेकी थिइन् ।

महानगरले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा बसस्टपमा परम्परागत फल्चा निर्माण गर्ने जनाउँदै यस निम्ति आन्तरिक स्रोतबाट सम्पदा पूर्वाधार शीर्षकमा पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले सडकपेटीमै फल्चा बनाइदिँदा आलोचना पनि खेपिरहेको छ । पैदलयात्री र साइकलका लागि छुट्याइएको पेटी नै ढाकेर फल्चा बनाउँदा सर्वसाधारणलाई मर्का परेकोमा आलोचना हुने गरेको हो ।

तर महानगरले बनाइरहेका मौलिक वास्तुकलासहितको सुन्दर फल्चा देखेपछि यस्ता आलोचना मत्थर हुने गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १ : १८ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त