क्यान्सरका बिरामीका लागि ‘हटलाइन’ फोन सेवा « Khabarhub

क्यान्सरका बिरामीका लागि ‘हटलाइन’ फोन सेवा


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी ‘हटलाइन’ मोबाइल नम्बर सेवा सुरु गरेको छ । चरणबद्ध उपचारका क्रममा घर गएका समयमा बिरामीलाई हुनसक्ने समस्या समाधान गर्न हटलाइन सेवा सुरु गरिएको हो ।
 
अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहका अनुसार क्यान्सर रोगको उपचार गराइरहेका बिरामी, पहिलो पटक पहिचान भएका र क्यान्सर निको भएर पुनः देखिएका बिरामी यस अस्पतालको पहुँच बाहिर रहेकाबेला सहजीकरण गर्न यो सेवा शुभारम्भ गरिएको हो ।
 
चौबिसै घण्टा खुला रहने ९८५५०८१५०१ नम्बर फोनमा बिरामी वा आफन्तले सम्पर्क गरेर सेवा लिनसक्ने उनले जानकारी दिए ।

उनले भने, ‘यो नम्बरमा अस्पतालसम्बन्धी गुनासो वा अन्य सेवाबारेमा भने जानकारी दिइने छैन, क्यान्सर उपचार चरणबद्ध रुपमा हुन्छ, केमो लगाएर वा सेकाइ गरेर घर गएको बिरामीलाई जटिलता आयो भने यो नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिन्छ ।’ 

त्यसैगरी दूरदराजमा रहेका बिरामीलाई पहिलो पटक क्यान्सर पहिचान भएपछि नन क्यान्सर अस्पतालका चिकित्सकले प्रथम चरणमा कसरी उपचार सुरु गर्ने भन्ने ज्ञान नहुने हुँदा त्यसलाई सहजीकरण गर्न पनि यो सेवा प्रयोग गर्न सकिने उनले बताए। डा साहले भने, ‘हामीले आवश्यक परेमा नन क्यान्सर अस्पतालका चिकित्सक स्वास्थ्यकर्मीलाई मोबाइलमार्फत नै तत्कालको उपचार र रिफर कसरी गर्ने भन्नेबारेमा सहजीकरण गर्नेछौँ ।’
 
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले दूरदराजमा रहेका बिरामीलाई लक्षित गरी हटलाइन सेवा शुभारम्भ गरिएको बताए। ‘एक्युट अङ्कोलोजी’ सर्भिसको तालिम प्राप्त चिकित्सक र नर्सले चौबीसै घण्टा मोबाइलबाट सेवा दिने उनले बताए। 

दुरदराजमा रहेका बिरामीको रिपोर्ट मगाएर वा लक्षणका आधारमा तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने उपचार तथा प्रक्रियाका बारेमा यसबाट सुझाव दिइने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १ : ३९ बजे

स्विट्जरल्यान्डलाई घर पठाउँदा अर्जेन्टिनाले बनायो अनेक कीर्तिमान

कन्सास सिटी– अर्जेन्टिना विश्वकप इतिहासमा एउटै संस्करणका दुई फरक खेलमा

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण