बजेटमा ‘टेक एण्ड पे’ पीपीए खारेज भएसँगै इप्पानको आन्दोलन फिर्ता « Khabarhub

बजेटमा ‘टेक एण्ड पे’ पीपीए खारेज भएसँगै इप्पानको आन्दोलन फिर्ता


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत गरिएको ‘टेक एण्ड पे’ पीपीए खारेज भएसँगै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले घोषणा गरेको आन्दोलन फिर्ता लिएको छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले असार १० गते प्रतिनिधि सभामा टेक एण्ड पे प्रावधान हटाइएको घोषणा गरेपछि इप्पानले औपचारिक रूपमा बिहीबार पत्रकार सम्मेलनमा गरेर आन्दोलन स्थगन गरेको बताएको हो।

सरकारले जेठ १५ गते बजेटमार्फत ‘रन अफ रिभर’ जलविद्युत आयोजना टेक एण्ड पे आधारमा पीपीए गर्ने नीति ल्याएपछि इप्पानले विरोध गर्दै आन्दोलन घोषणा गरेको थियो। 

इप्पानका अनुसार यस प्रावधानका कारण विकासका विभिन्न चरणमा रहेका १७ हजार ११७ मेगावाट क्षमताका आयोजनाहरू जोखिममा परेको इप्पानको भनाई थियो । 

हाइड्रोपावरमा निजी क्षेत्रबाट लगानी भइसकेको १ खर्ब ९ अर्ब रुपैयाँ डुब्ने इप्पानको भनाइ थियो । 

टेक एण्ड पे नीति विरुद्ध इप्पानले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्रीलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु तथा सांसदहरूसँग निरन्तर भेटघाट, ज्ञापनपत्र बुझाउने र सामाजिक सञ्जालमा ‘नो टेक एण्ड पे’ अभियान सञ्चालन गरेको थियो । 

एसएमएस, सामाजिक सञ्जाल पोष्ट र प्रत्यक्ष छलफलमार्फत व्यापक दबाब सिर्जना गरेको इप्पानले अन्ततः पहिलो चरणको भद्र आन्दोलनबाटै उपलब्धि हासिल गरेको जनाएको छ।

इप्पान अध्यक्ष गणेश कार्कीले सरकारको निर्णयलाई स्वागत गर्दै निजी क्षेत्रले अब नेपाल सरकारको ऊर्जा विकास लक्ष्य पूरा गर्न थप लगानी र सहयोग गर्ने प्रतिबद्धता जनाए । 

महासचिव बलराम खतिवडा र आन्दोलन संयोजक मोहनकुमार डाँगीले पनि सम्पूर्ण सञ्चारकर्मी, राजनीतिक दल, सांसद, नागरिक समाज, उद्योग व्यवसायी र इप्पान सदस्यहरूलाई आन्दोलनमा दिएको समर्थनका लागि धन्यवाद व्यक्त गरेका छन्  ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १ : ५६ बजे

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग