दुम्लिङ–छाङ्गरु जोड्ने घोरेटो बाटो निर्माण सुरु « Khabarhub

दुम्लिङ–छाङ्गरु जोड्ने घोरेटो बाटो निर्माण सुरु


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दार्चुला– गत जेठ २५ गतेदेखि सङ्घीय सरकारको सर्शत बजेटमार्फत व्यास गाउँपालिका–१ छाङ्गरु र २ को दुम्लिङ जोड्ने घोरेटो बाटो निर्माण सुरु भएको छ । मिसन–देवहरी जेभी निर्माण कम्पनीले कूल रु पाँच करोड छ लाख नौ हजार ९९४ लागतमा घोरेटो बाटो निर्माण थालेको हो । 

सङ्घीय सरकारको सर्शत अनुदानअन्तर्गत कूल रु पाँच करोड ५० लाख लागतमा २०८१ फागुन १३ गते बोलपत्र आह्वान भएको थियो । बोलपत्रमा सबैभन्दा घटी मूल्यमा मिसन–देवहरी जेभीले ठेक्का पाएपछि यो क्षेत्रमा घोरेटो बाटो निर्माण कार्य थालनी भएको हो । 

असार १५ गतेभित्र सक्नेगरी निर्माण कम्पनीलाई कार्यादेश दिइएको छ । सोअनुसार हालसम्म ६० प्रतिशत बढी काम सम्पन्न भएको गाउँपालिकाका सबइञ्जिनियर प्रेम कोट्टारीले जानकारी दिए । निर्माणको काम यही असार २० गतेसम्म लम्ब्याउने गाउँपालिकाको तयारी छ । 

अहिले निर्माण कम्पनीले व्यासको बुदी, दोपाखे, घाँटीबगर र अपि खोला क्षेत्रमा घोरेटोबाटो बनाउने काम गरिरहेको छ । तोकिएको समयावधिभित्र ९० प्रतिशत हाराहारीमा काम सम्पन्न गर्ने लक्ष्य रहेको मिसन देवहरी जेभीका प्रतिनिधि केशवबहादुर पालले बताए। झण्डै तीन दशकदेखि अवरुद्ध रहेको व्यासको घोरेटो बाटो निर्माणको जिम्मेवारी पाएका कारण सकेसम्म तोकिएको काम सक्ने लक्ष्य छ । यो क्षेत्रमा १२० जना बढी मजदुर परिचालन गरिएको छ । निर्माण कार्य चलिरहेको हुँदा लक्ष्य भेट्टाउन सकिन्छ ।  

‘अप्ठ्यारो ठाउँमा निर्माण कार्य करिब अन्तिम चरणमा पु¥याएका छौँ’, निर्माण व्यवसायी पालले भने, ‘छोटो समयमा मौसमले साथ दिँदा काम गर्न सहज भयो ।’ 

दुई वडा जोड्न झण्डै ३१ किलोमिटर क्षेत्रमा घोरेटो बाटो निर्माण भइरहेको छ । महाकाली नदी किनारमा पर्खाल लगाएर काम गर्नु निकै चुनौती भए पनि अहिले त्यो क्षेत्रमा काम सकिएको छ । 

पञ्चायतकालमा निर्माण भएको घोरेटो बाटो पछिल्लो समय भत्किएको थियो । भारतले सडक निर्माण गर्दा धेरै ठाउँमा सडक भत्किएको थियो । अहिले महाकाली नदी किनार फेरि घोरेटो बाटो निर्माण गरिएको छ । भत्किएको ठाउँमा राम्रोसँग मर्मत नहुँदा व्यास–१ का स्थानीयको आवतजावत ठप्प बनेको थियो । त्यसको कारण व्याँसको छाङ्गरु र तिङ्करका स्थानीयले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । पैदल घोरटो बाटो निर्माणपछि आफ्नै भूमि भएर स्थानीयलाई हिँड्डुल गर्न सहज हुने पालिकाको विश्वास छ । 

तिङ्कर सडक निर्माणमा एक करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ देखि तिङ्कर सडकका लागि छुट्टै बजेट शीर्षक निर्धारण गरेको भए पनि बजेट न्यून राखेको छ । महाकाली करिडोरबाट छुट्याएर तुसारपानी–तिङ्कर खण्डलाई छुट्टै बजेट शीर्षक दिइए सडक निर्माणका लागि रु एक करोडमात्रै बजेट विनियोजन गरिएको हो ।

नेपाली सेनाबाट निर्माण भइरहेको महाकाली करिडोरअन्तर्गतको तुसारपानी–तिङ्कर खण्डलाई छुट्टै बजेट दिँदा थोरैमात्रै बजेट दिएको भन्दै आलोचना भएको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुला–तिङ्कर सडकमा न्यून बजेट आएकामा आपत्ति जनाउँदै संसद्मा आलोचना गरेका थिए। 

करिब ७९ किलोमिटर लामो बाटो नेपाली सेनाले निर्माण गरिरहेको भए पनि बजेट अभावले काम निकै सुस्त भइरहेको छ । चालू आर्थिक वर्षमा सेनाले हेलिकप्टरमार्फत स्काभेटर छाङ्गरु पुर्‍याएर दुवैतर्फबाट सडकको ट्र्याक खोल्ने काम सुरु गरेको छ ।

रासस

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  २ : ५८ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका