दुम्लिङ–छाङ्गरु जोड्ने घोरेटो बाटो निर्माण सुरु « Khabarhub

दुम्लिङ–छाङ्गरु जोड्ने घोरेटो बाटो निर्माण सुरु


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दार्चुला– गत जेठ २५ गतेदेखि सङ्घीय सरकारको सर्शत बजेटमार्फत व्यास गाउँपालिका–१ छाङ्गरु र २ को दुम्लिङ जोड्ने घोरेटो बाटो निर्माण सुरु भएको छ । मिसन–देवहरी जेभी निर्माण कम्पनीले कूल रु पाँच करोड छ लाख नौ हजार ९९४ लागतमा घोरेटो बाटो निर्माण थालेको हो । 

सङ्घीय सरकारको सर्शत अनुदानअन्तर्गत कूल रु पाँच करोड ५० लाख लागतमा २०८१ फागुन १३ गते बोलपत्र आह्वान भएको थियो । बोलपत्रमा सबैभन्दा घटी मूल्यमा मिसन–देवहरी जेभीले ठेक्का पाएपछि यो क्षेत्रमा घोरेटो बाटो निर्माण कार्य थालनी भएको हो । 

असार १५ गतेभित्र सक्नेगरी निर्माण कम्पनीलाई कार्यादेश दिइएको छ । सोअनुसार हालसम्म ६० प्रतिशत बढी काम सम्पन्न भएको गाउँपालिकाका सबइञ्जिनियर प्रेम कोट्टारीले जानकारी दिए । निर्माणको काम यही असार २० गतेसम्म लम्ब्याउने गाउँपालिकाको तयारी छ । 

अहिले निर्माण कम्पनीले व्यासको बुदी, दोपाखे, घाँटीबगर र अपि खोला क्षेत्रमा घोरेटोबाटो बनाउने काम गरिरहेको छ । तोकिएको समयावधिभित्र ९० प्रतिशत हाराहारीमा काम सम्पन्न गर्ने लक्ष्य रहेको मिसन देवहरी जेभीका प्रतिनिधि केशवबहादुर पालले बताए। झण्डै तीन दशकदेखि अवरुद्ध रहेको व्यासको घोरेटो बाटो निर्माणको जिम्मेवारी पाएका कारण सकेसम्म तोकिएको काम सक्ने लक्ष्य छ । यो क्षेत्रमा १२० जना बढी मजदुर परिचालन गरिएको छ । निर्माण कार्य चलिरहेको हुँदा लक्ष्य भेट्टाउन सकिन्छ ।  

‘अप्ठ्यारो ठाउँमा निर्माण कार्य करिब अन्तिम चरणमा पु¥याएका छौँ’, निर्माण व्यवसायी पालले भने, ‘छोटो समयमा मौसमले साथ दिँदा काम गर्न सहज भयो ।’ 

दुई वडा जोड्न झण्डै ३१ किलोमिटर क्षेत्रमा घोरेटो बाटो निर्माण भइरहेको छ । महाकाली नदी किनारमा पर्खाल लगाएर काम गर्नु निकै चुनौती भए पनि अहिले त्यो क्षेत्रमा काम सकिएको छ । 

पञ्चायतकालमा निर्माण भएको घोरेटो बाटो पछिल्लो समय भत्किएको थियो । भारतले सडक निर्माण गर्दा धेरै ठाउँमा सडक भत्किएको थियो । अहिले महाकाली नदी किनार फेरि घोरेटो बाटो निर्माण गरिएको छ । भत्किएको ठाउँमा राम्रोसँग मर्मत नहुँदा व्यास–१ का स्थानीयको आवतजावत ठप्प बनेको थियो । त्यसको कारण व्याँसको छाङ्गरु र तिङ्करका स्थानीयले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । पैदल घोरटो बाटो निर्माणपछि आफ्नै भूमि भएर स्थानीयलाई हिँड्डुल गर्न सहज हुने पालिकाको विश्वास छ । 

तिङ्कर सडक निर्माणमा एक करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ देखि तिङ्कर सडकका लागि छुट्टै बजेट शीर्षक निर्धारण गरेको भए पनि बजेट न्यून राखेको छ । महाकाली करिडोरबाट छुट्याएर तुसारपानी–तिङ्कर खण्डलाई छुट्टै बजेट शीर्षक दिइए सडक निर्माणका लागि रु एक करोडमात्रै बजेट विनियोजन गरिएको हो ।

नेपाली सेनाबाट निर्माण भइरहेको महाकाली करिडोरअन्तर्गतको तुसारपानी–तिङ्कर खण्डलाई छुट्टै बजेट दिँदा थोरैमात्रै बजेट दिएको भन्दै आलोचना भएको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुला–तिङ्कर सडकमा न्यून बजेट आएकामा आपत्ति जनाउँदै संसद्मा आलोचना गरेका थिए। 

करिब ७९ किलोमिटर लामो बाटो नेपाली सेनाले निर्माण गरिरहेको भए पनि बजेट अभावले काम निकै सुस्त भइरहेको छ । चालू आर्थिक वर्षमा सेनाले हेलिकप्टरमार्फत स्काभेटर छाङ्गरु पुर्‍याएर दुवैतर्फबाट सडकको ट्र्याक खोल्ने काम सुरु गरेको छ ।

रासस

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  २ : ५८ बजे

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग