३ सय १९ केजी लागूऔषध चरेशसहित एक जना पक्राउ « Khabarhub

३ सय १९ केजी लागूऔषध चरेशसहित एक जना पक्राउ


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले पर्सामा ठूलो परिमाणमा लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंबाट बीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट ३ सय १९ केजी लागूऔषध चरेश बरामद गरिएको जनाएको हो । 

विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–२१ परवानीपुर चोकमा रोकी राखेको अवस्थामा ट्रक र चालकको खानतलासी गर्दा ठूलो परिमाणमा लागूऔषध चरेश फेला परेको प्रहरीले जनाएको छ । 

उक्त ट्रकको पछाडी सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र लुकाई राखेको अवस्थामा १३ पोकामा ३ सय १९ केजी चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए । 

त्यस्तै ट्रक चालक बुद्धि बहादुर स्याङतानका साथबाट १ लाख ९२ हजार रुपैयाँ समेत फेला परेको प्रहरीले जनाएको छ । उक्त लागूऔषध भारत लैजान खोजिएको प्रहरीको भनाइ छ । 

ट्रक र बरामद लागूऔषधसहित ट्रक चालक स्याङतानलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसुरमा पर्सा अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ३ : २५ बजे

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको

सिर्जनाको शरीरमा कसले लगायो आगो ? प्रहरीले अझै फेला पारेन सुराग

काठमाडौँ- चैत १४ गते शनिबार राति करिब १२ बजेतिर नेपालगञ्ज–१२