दलहरूले बहिष्कार गर्ने भएपछि मधेशमा बजेटमाथिको छलफल अनिश्चितकाललाई स्थगित « Khabarhub

दलहरूले बहिष्कार गर्ने भएपछि मधेशमा बजेटमाथिको छलफल अनिश्चितकाललाई स्थगित


१२ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सचिवालयले मध्यान्ह १२ बजे नै सूचना जारी गरी स्थगित गरेको हो ।

बुधबार मात्रै सुरू बजेटमाथिको छलफलमा प्रतिपक्षी दलका रामआशीष यादव र सत्तारूढ दलकी रमिता प्रधान मात्रै सहभागी थिए ।

अन्य सांसद सहभागी नभएपछि सभामुख रामचन्द्र मण्डलले रेडबुक अध्ययन नभएको भन्दै बैठक बिहीबार १ बजेसम्मलाई स्थगित गरेका थिए । पहिलो दिनको बैठक जम्मा २३ मिनेट २१ सेकेन्ड मात्रै चलेको थियो ।

यसअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले असार २२ गतेसम्मलाई कार्यसूची तय गरिसकेको थियो । तर, सभामुख मण्डलले अचानक अनिश्चितकालका लागि बैठक स्थगित गरेपछि विभिन्न दलबाट तीव्र असन्तुष्टि व्यक्त भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशीष यादवले सभामुख सरकारको कठपुतली बनेको आरोप लगाउँदै अब हुने बजेट छलफल बहिष्कार गर्ने चेतावनी दिएका छन् । उनले बजेटमा बिचौलियालाई प्राथमिकता दिइएको गुनासोसमेत गरेका छन् ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलले संसदलाई कसैको इसारामा बन्दी बनाइएको आरोप लगाउँदै सभामुख र सरकारको शैलीप्रति आपत्ति जनाएका छन् ।

‘नियमित सत्र रोकिन सक्दैन,’ पटेलले भने, ‘अधिवेशन सुरु र अन्त्य गर्ने अधिकार मात्र सरकारसँग हुन्छ ।’

जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले बजेट छलफल बहिष्कार तयारी गरेको जनाएका छन् । यसले मधेश प्रदेशको बजेटमा छलफल प्रक्रिया थप अन्योलमा पर्ने देखिएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ४ : २१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको