वैदेशिक रोजगारीमा ५८ लाख ठगी, दुई जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा ५८ लाख ठगी, दुई जना पक्राउ


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

दोलखा बैतेश्वर गाउँपालिका–३ का ३१ वर्षीया नवीना दाहाल घिमिरे र सर्लाही कौडेना गाउँपालिका–४ का ४३ वर्षीय लछुमन साह तेलीलाई पक्राउ गरी सार्वजनिक गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘पक्राउ परेकामध्ये नविनाले युके पठाइदिने भन्दै दुई जनाबाट रु ५२ लाख र लछुमनले कतार पठाइदिने भन्दै तीन जनाबाट छ लाख लिई सम्पर्कविहीन भएका भन्ने पीडितको उजुरीका आधारमा निजहरूलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।’

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।
‘

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ४ : २० बजे

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा