संघीय लोकतान्त्रिक मोर्चाको बैठक आइतबार फेरि बस्ने « Khabarhub

संघीय लोकतान्त्रिक मोर्चाको बैठक आइतबार फेरि बस्ने


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेशवादी दलहरूको संयुक्त मोर्चा संघीय लोकतान्त्रिक मोर्चाको बैठक आइतबार फेरि बस्ने भएको छ । 

लाजिम्पाटको बाबा होटलमा बसेको मोर्चाको बैठक बिना कुनै निर्णय आइतबार फेरि बस्ने गरी स्थगित भएको हो ।  

बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनाव, मोर्चाको भावी कार्यक्रमबारे छलफल भएको बताइएको छ । 
बैठकमा कार्यविधिको पूर्णतासँगै राजबन्दी रिहाइ विषयमा पनि छलफल भएको थियो ।  

मोर्चाको घटक राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले आगामी आइतबार निर्णय गर्ने गरी बिहीबारको बैठक सकिएको बताए । उनका अनुसार आइतबार १ बजे बैठक फेरि बस्ने छ । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा सुरु भएको बैठकमा मोर्चामा आबद्ध दलहरूका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : ०५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि