कांग्रेसले मधेशका नेता-कार्यकर्तालाई प्रशिक्षण दिने « Khabarhub

कांग्रेसले मधेशका नेता-कार्यकर्तालाई प्रशिक्षण दिने


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । पर्साको वीरगञ्जस्थित टाउन हलमा शुक्रबारदेखि सुरू हुने प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्ने छ । 

प्रशिक्षण कार्यक्रममा मधेश प्रदेशका आठ जिल्लाका सबै प्रदेश सभा निर्वाचन क्षेत्रहरूबाट तीन जनाका दरले सहभागिता रहने छ । 

कांग्रेस केन्द्रीय कार्यालयका सहसचिव अमृत कार्कीका अनुसार प्रशिक्षण कार्यक्रममा हरेक प्रदेश सभा निर्वाचन क्षेत्रबाट तीन जनामध्ये एक जना महिला अनिवार्य गरिएको छ । 

उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रशिक्षण प्रतिष्ठानले बागमती प्रदेशबाट प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको हो । 

प्रतिष्ठानले अब यसपछि कर्णाली प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको तयारी गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : २२ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली