सलमान खान बने क्रिकेट टिमको मालिक « Khabarhub

सलमान खान बने क्रिकेट टिमको मालिक


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका छन् । उनी इन्डियन स्ट्रिट प्रिमियर लिग (आईएसपीएल)को टिम दिल्लीको मालिक बनेका हुन् ।

आईएसपीएलको तेस्रो संस्करण चाँडै हुने बताइएको छ । नयाँ टिमका रुपमा दिल्लीको प्रवेश हुन लागेको छ । जसको मालिक सलमान खान बनेको भारतीय मिडिया टाइम्स अफ इन्डियाले उल्लेख गरेको हो ।

अहिलेको अवस्थामा तेस्रो संस्करणको आईएसपीएल खेल्ने टिमको संख्या सात पुगेको छ ।

आईएसपीएलले पछिल्लो संस्करणमा दर्शकबाट राम्रो साथ पाएको थियो । उक्त सिजन झन्डै तीन करोड दर्शकले हेरेको आईएसपीएलको दाबी छ । सोहीकारण सलमान एक टिमको मालिक बन्न तयार भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

टाइम्स अफ इन्डियाले सलमानको भनाइ उदृत गर्दै लेखेको छ, ‘क्रिकेट प्रत्येक भारतीयको मनसँग जोडिएको खेल हो। यही भावनाबाटै आईएसपीएलको जन्म भएको हो। आईएसपीएलसँग जोडिन पाएकोमा म निकै खुशी छु। यो सुरुवात मात्र हो ।’

सलमानले पनि आफ्नो सामाजिक सञ्जालबाट आईएसपीएलसँग जोडिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ७ : ०३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित