सलमान खान बने क्रिकेट टिमको मालिक « Khabarhub

सलमान खान बने क्रिकेट टिमको मालिक


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका छन् । उनी इन्डियन स्ट्रिट प्रिमियर लिग (आईएसपीएल)को टिम दिल्लीको मालिक बनेका हुन् ।

आईएसपीएलको तेस्रो संस्करण चाँडै हुने बताइएको छ । नयाँ टिमका रुपमा दिल्लीको प्रवेश हुन लागेको छ । जसको मालिक सलमान खान बनेको भारतीय मिडिया टाइम्स अफ इन्डियाले उल्लेख गरेको हो ।

अहिलेको अवस्थामा तेस्रो संस्करणको आईएसपीएल खेल्ने टिमको संख्या सात पुगेको छ ।

आईएसपीएलले पछिल्लो संस्करणमा दर्शकबाट राम्रो साथ पाएको थियो । उक्त सिजन झन्डै तीन करोड दर्शकले हेरेको आईएसपीएलको दाबी छ । सोहीकारण सलमान एक टिमको मालिक बन्न तयार भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

टाइम्स अफ इन्डियाले सलमानको भनाइ उदृत गर्दै लेखेको छ, ‘क्रिकेट प्रत्येक भारतीयको मनसँग जोडिएको खेल हो। यही भावनाबाटै आईएसपीएलको जन्म भएको हो। आईएसपीएलसँग जोडिन पाएकोमा म निकै खुशी छु। यो सुरुवात मात्र हो ।’

सलमानले पनि आफ्नो सामाजिक सञ्जालबाट आईएसपीएलसँग जोडिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ७ : ०३ बजे

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा

गृहमन्त्री गुरुङले गरे विमानस्थल विपद् उद्धार गणको आकस्मिक अनुगमन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्ष २०८३/८४ को

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको