‘प्रधानमन्त्री ओलीविरुद्ध हमला बढ्यो, प्रतिरोधमा उत्रिनू’ « Khabarhub

‘प्रधानमन्त्री ओलीविरुद्ध हमला बढ्यो, प्रतिरोधमा उत्रिनू’


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका मूल नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति हमला बढेको बताएका छन् ।

ओलीविरुद्ध आक्रमण बढेकाले प्रतिरोध गर्न एमालेका नेता कार्यकर्तालाई उनले बिहीबार निर्देशन दिएका छन् । एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई बिहीबार टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले आज ओलीलाई हमला गर्नेले भोलि कसैलाई बाँकी नराख्ने बताए ।

‘आज एउटा नेतालाई हमला गर्नेले भोलि अरुलाई पनि बाँकी नराख्ने भएकोले त्यस्ता शक्तिहरूलाई निस्तेज पार्नुपर्छ’, उनले भने, ‘प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपमा केपी शर्मा ओलीलाई जुन आक्रमणको निशाना बनाइएको छ । यो कुरालाई निस्तेज नगरे भोलि अन्य नेतृत्वप्रति पनि यो निशाना सोझिन्छ । ’

उनले सामाजिक सञ्जालमा राजनीतिक भनाइहरू राख्दा माओवादी, समाजवादी, बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका शक्तिहरूले आक्रमण गर्ने गरेको बताए ।

यस्तो आक्रमणबाट कति हतोत्साहित नहुन उनले कार्यकर्ताहरूलाई सम्झाएका छन् । ‘राजनीतिक कुरा सामाजिक सञ्जालमा राख्दा गाली खाइन्छ, मुख छाड्छन् भनेर भनेर एमालेका केही नेता कार्यकर्ताले पास्नी, बिहे, पार्टी,पारिवारिक तस्बर मात्र हालेको देख्छु’ महासचिव पोखरेलले भने, ‘एमालेहरूले त्यसो गर्न सुहाउँदैन । आफ्ना राजनीतिक कुरा राख्ने र सामूहिक प्रतिवाद गर्ने काम हामीले गर्नुपर्छ । ’

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : ५५ बजे

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य

काठमाडौँ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता