टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा छुटिन् « Khabarhub

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा छुटिन्


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ दलका नेताहरूलाई गाली गर्दै भिडिओ बनाएको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा छुटेकी छन् ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायले बस्नेतलाई ३० हजार धरौटीमा छोड्न बिहीबार आदेश दिएका हुन् ।

उनीले टिकटकमार्फत् प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकसहितविरुद्ध आपत्तिजनक गाली गलौज गरेकी थिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी र हाल जेलमा रहेका सभापति रवि लामिछानेकी समर्थक उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन अनुसार कसुर गरेको भन्दै असार १ गते पक्राउ गरेको थियो। उनलाई हिरासतमा राखिएपछि रोइकराइ गरेकी थिइन् ।

बस्नेतले गालीगलौज गरेका भिडियोका आधारमा गृहमन्त्रालयले प्रहरीलाई अनुसन्धान अघि बढाउन भनेको थियो ।

यसअघि रमाका बाबु बलदेव बस्नेतले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए । तर सर्वोच्चले उनलाई छाड्न मानेन । न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश मात्रै जारी गरेको थियो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ६ : ०६ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा