कृषकलाई अनुदानमा मौरी घार वितरण « Khabarhub

कृषकलाई अनुदानमा मौरी घार वितरण


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ । मौरीपालन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले अनुदानमा किसानलाई घार वितरण गरेको हो ।

वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरीपालन गर्दै आएका किसानको मागको आधारमा अनुदानमा घार उपलब्ध गराइएको हो । किसानको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत गरी नगरपालिका भित्रका ३९ जनालाई ९५ आधुनिक मौरीको घार वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए। 

परम्परागत घारमा पुरानै शैलीमा मौरीपालन गर्दै आएका रामपुर–४ का शेरबहादुर रानाले आधुनिक घार पाएपछि मौरीपालनमा उत्साह थपिएको बताए। नगरपालिकाले सूचना जारी गरी आवश्यक घारको निवेदन माग गरेको थियो ।

नगर उपप्रमुख बालकुमारी थापाले मौरीपालनलाई व्यवसायिक रुपमा प्रवर्द्धन गर्न मौरीको घार वितरण गरिएको बताइन् । मौरीपालन सजिलो र थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिने हुँदा व्यवसायिक विकास र किसानको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्ने उनले बताइन् ।

अहिले नगरपालिकाले सञ्चालन गरेको युवा स्वरोजगार कार्यक्रम अन्तर्गतको व्याज अनुदान कार्यक्रममा समावेश गरी व्याज अनुदानको समेत व्यवस्था गरेको नगर उपप्रमुख थापाले जानकारी दिइन् ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ६ : २५ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा