बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ « Khabarhub

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनलाई सिरहा नगरपालिका–१७, खैरटोकाबाट पक्राउ गरिएको हो ।

लोहनी २०७९ फागुन १० गते मिर्चैया नगरपालिका–३ बतहा पुल नजिकै भएको लुटपाट घटनामा संलग्न थिए । सो दिन ग्लोबल आइएमई बैंक मिर्चैया शाखाबाट रकम लिएर आउँदै गरेका बैंकका कर्मचारी र सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी लोहनीसहित चार जनाको समूहले पिस्तोल देखाएर लुटपाट गरेका थिए । उनीहरू नम्बर नखुलेका मोटरसाइकलमा आएका थिए ।

इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान निकेश खवासलाई हतियार देखाई कुटपिट गर्दै बैंक कर्मचारीसँग रु नौ लाख लुटेर उनीहरू फरार भएका थिए ।

घटनापछि भारतमा लुकेर बस्दै आएका लोहनीलाई सिरहाको सीमावर्ती क्षेत्र खैरटोकाबाट पक्राउ गरिएको र जिल्ला अदालत सिरहामा पेस गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ९ : ३५ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा