दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा | Khabarhub Khabarhub

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक मानप्रसाद लिम्बु (एमपी सुब्बा) जनही २५ हजार रुपैयाँ धरौटी बुझाएर विशेष अदालतबाट रिहा भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। विशेष अदालतको इतिहासमै सबै न्यायाधीश सहभागी भएको यो पहिलो मुद्दा हो।

दृष्टि साप्ताहिकले गत आइतबार ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सो समाचारमा आधारहिन आरोप लगाउँदै विशेष अदालत प्रशासनले अदालतप्रति भ्रम सिर्जना गर्ने र न्याय सम्पादन प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले अदालतको अवहेलना गरिएको दाबी गर्दै मुद्दा दर्ता गरेको थियो।

सुनुवाइपछि अदालतले ‘अहिलेलाई’ भन्दै भविष्यमा निर्णय हुने गरी श्रेष्ठ र लिम्बुसँग जनही २५ हजार धरौटी माग गरेको हो। अदालतले समाचार हटाउन वा परिवर्तन गर्न नपाइने आदेश पनि यसअघि नै जारी गरिसकेको छ।

यस्ताे छ अदालतकाे आदेश

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ९ : ४६ बजे

आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाद्वारा चार हजार बढीको निःशुल्क उपचार

सिमकोट– यहाँ रहेको आयुर्वेद स्वास्थ्य सेवा केन्द्रबाट आर्थिक वर्ष २०८१/८२ मा

खुल्ने समय थपिएसँगै धरहरा चढ्नेको संख्या दोब्बरले बढ्यो

काठमाडौं– धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको संख्या

पूर्वराष्ट्रपतिसँग वार्ताका लागि प्रधानमन्त्री ओली पनि च्यासलमा

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी

पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा

सञ्चारमाध्यममा हुने अराजकता नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक ल्याएका हौँ : मन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चारमाध्यममा नाममा