दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा « Khabarhub

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक मानप्रसाद लिम्बु (एमपी सुब्बा) जनही २५ हजार रुपैयाँ धरौटी बुझाएर विशेष अदालतबाट रिहा भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। विशेष अदालतको इतिहासमै सबै न्यायाधीश सहभागी भएको यो पहिलो मुद्दा हो।

दृष्टि साप्ताहिकले गत आइतबार ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सो समाचारमा आधारहिन आरोप लगाउँदै विशेष अदालत प्रशासनले अदालतप्रति भ्रम सिर्जना गर्ने र न्याय सम्पादन प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले अदालतको अवहेलना गरिएको दाबी गर्दै मुद्दा दर्ता गरेको थियो।

सुनुवाइपछि अदालतले ‘अहिलेलाई’ भन्दै भविष्यमा निर्णय हुने गरी श्रेष्ठ र लिम्बुसँग जनही २५ हजार धरौटी माग गरेको हो। अदालतले समाचार हटाउन वा परिवर्तन गर्न नपाइने आदेश पनि यसअघि नै जारी गरिसकेको छ।

यस्ताे छ अदालतकाे आदेश

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ९ : ४६ बजे

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा