प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह « Khabarhub

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर अन्तर्राष्ट्रिय स्तरमा पाउने सफलताले देशको गौरव बढाउने भएकाले प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

जनकपुरधाममा आज मधेस सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो केही समय यता मधेशका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरिरहेको सफलताले प्रदेशको गौरव बढाउने काम गरेकाले खेलाडीको सम्मानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

मधेशको लोकप्रिय खेलको रुपमा रहेको कबड्डी, क्रिकेटसहित अन्य खेलकुदको विकासका लागि पूर्वाधारको निर्माणका साथै खेलाडीलाई प्रशिक्षणसहितको सुविधा प्रदान गर्न बजेट विनियोजन गरिएको बताए।

मधेश प्रदेश सरकारको आयोजनामा आजदेखि जनकपुरधाममा मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा सात प्रदेशका खेलाडी सहभागी छन् । प्रतियोगिता असार १४ गतेसम्म चल्ने मधेश प्रदेशका खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद कानूले बताए ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले मधेशमा खेलकुदको वातावरण बन्दै गएकामा खुशी व्यक्त गरे । प्रदेश सरकारले अगामी आर्थिक वर्षमा ‘खेलौँ मधेश, जितौँ मधेश’ जस्ता कार्यक्रमहरू ल्याएको उल्लेख गरे । प्रतियोगितामा मधेश प्रदेशका साथै कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदूर पश्चिम प्रदेशको मात्र सहभागिता रहेको छ ।

प्रथम मुख्यमन्त्री अन्तर–प्रदेश प्रतियोगितामा सात प्रदेशका गरेर ८४ खेलाडी सहभागी हुने छन् । कबड्डी प्रतियोगिताको हब मानिने मधेश प्रदेशमा प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा पहिलो पटक प्रतियोगितामा विजयी टोलीलाई रु २५ हजार, पदक, प्रमाणपत्र तथा शिल्ड रहेको प्रदान गरिने भएको छ ।

द्वितीय हुने टोलीलाई २० हजार नगद, पदक, प्रमाणपत्र, शिल्ड तथा तृतीय हुनेलाई रु १५ हजार नगद, पदक, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिने भएको छ । मधेश प्रदेश सरकारले कबड्डी प्रतियोगिताका लागि चालु आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १० : ४५ बजे

संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर समूहले

दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना

सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको

गोदाममा ग्यास, सडकमा लाइन : आखिर समस्या कहाँ छ ?

काठमाडौं- सरकारी निकायले खाना पकाउने ग्यास पर्याप्त छ भनेको साता

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच