आज २०८२ साल साउन १० गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन १० गते शनिबारको राशिफल


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन १० गते शनिबार। साउन शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जुलाई २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : धनलक्ष्मी योग परेको छ। बोलीका कारण राम्रो काम बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। मनमा शान्ति मिल्नेछ। परिवारले भन्दा बाहिरको व्यक्तिको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कट : दिन राम्रो छ। मन प्रशन्न हुनेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। स्वदेशमा रोजगारीको विकल्प प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

सिंह : दिन राम्रो छ। ठुलो लगानी नगर्नु उचित हुन्छ। विदेशी रमझमले मन आकर्षित गरेको छ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर यात्रा गरेमा सोचेको काम बन्नेछ।

कन्या : दिन राम्रो छ। परिवारमा मेलमिलाप बढ्नेछ। आम्दानी बढ्नेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। उच्च तहका व्यक्तिको आर्शिवादले दैनिकी सहज बन्नेछ।

तुला : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले मिहिनेतको फल प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वाास्थ्यमा भने समस्या हुनेछ।

वृश्चिक : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। राज्यका तर्फबाट मान र सम्मान प्राप्त हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

धनु : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ। राज्यको त्रास रहनेछ। परिवारको दोहोरो भूमिकाले तपाईंलाई दुःखी बनाउने छन्। धार्मिक यात्राले दिन सहज बन्नेछ।

मकर : दिन राम्रो छ। लगानीका क्षेत्र सफल बन्नेछन्। व्यापारमा नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा समय र सम्पत्ति नाश हुनेछ। साथीको दोहोरो चरित्रले दुःखी बनाउने जोखिम छ। परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ।

मीन : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढा पुग्नसक्छन्। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। अरुलाई समय दिँदा आफ्नो समस्या बढ्ने भएकाले सचेत बन्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : १४ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना