रुटको सनसनीपूर्ण ब्याटिङले चौथो टेस्टमा भारतविरुद्ध इंग्ल्यान्डको पकड « Khabarhub

रुटको सनसनीपूर्ण ब्याटिङले चौथो टेस्टमा भारतविरुद्ध इंग्ल्यान्डको पकड


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जोए रुटको १५० रनसहित थुप्रै कीर्तिमानको ओइरो लागेपछि भारतविरुद्ध घरेलु टोली इंग्ल्यान्डले चौथो टेस्टमा पकड राखेको छ। भारतले बनाएको ३५८ रनको जवाफमा ब्याटिङ गरेको इंग्ल्यान्डले शुक्रबार चौथो दिनको खेल सकिँदा ७ विकेटको क्षतिमा ५४४ रन जोडेको छ।

इंग्ल्यान्डका लागि रुटले १५० रन जोडे। ज्याक्रोली ८४, बेन डकेट ९४, ओलिप पोप ७१ तथा कप्तान बेन स्टोक्स ७७ रन जोड्न सफल भएका छन्। ६६ रनमा रिटायर्ड हर्ट भएका स्टोक्सपछि विकेट गिरेपछि फेरि फर्किएका हुन्। स्टोक्स अविजित नै छन्।

यस टेस्ट भन्दा अघि सबै भन्दा धेरै टेस्ट रन प्रहार गर्ने खेलाडीको सूचीमा पाँचौँ स्थानमा रहेको रुट सोही १५० रन सहित राहुल द्रविड, जयाक्स कालिस र रिक्की पोन्टिङलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएका छन्। पहिलो स्थानमा भने भारतका स्टार सचिन तेन्दुलकर नै छन्।

३८ शतक प्रहार गरेका उनी सबै भन्दा धेरै शतक प्रहार गर्ने खेलाडीको सूचीमा श्रीलङ्काका कुमार सांगकारासँगै संयुक्त रूपमा चौथो स्थानमा छन्।

सबै भन्दा धेरै शतक प्रहार गरेका तेन्दुलकरको नाममा ५१, कालिसको नाममा ४५ तथा पोन्टिङको नाममा ४१ टेस्ट शतक छ। दुई दिन बाँकी रहँदा इङ्गल्यान्डले पहिलो पारीमा १८६ रनको अग्रता लिइसकेको छ। इंग्ल्यान्डको टोलीका लागि जितको सम्भावना समेत देखिएको छ। शृङ्खलामा घरेलु टोली अहिलेसम्म २-१ ले अघि छ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ६ : ३५ बजे

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध

जुम्लामा ३३०‌.२८ हेक्टरमा डढेलोबाट वन क्षति

जुम्ला– जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोबाट वन क्षति

सांसद बन्न नसकेका ज्ञानेन्द्र मल्ल भन्छन् – ‘मैदानमा रहूँ वा नरहूँ, मेरो देशले हार्नु हुँदैन’

काठमाडौँ – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले संसदीय निर्वाचनमा

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको