मधेशमा ४७ प्रतिशत मात्र रोपाइँ, यस्तो छ महोत्तरीको अवस्था (तस्बिरहरू)  « Khabarhub

मधेशमा ४७ प्रतिशत मात्र रोपाइँ, यस्तो छ महोत्तरीको अवस्था (तस्बिरहरू) 


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा यस वर्ष मनसुन प्रतिकूल नहुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ ।

मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेस प्रदेशमा जम्मा ४७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।

लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएपछि महोत्तरीमा किसान चिन्तित छन्। जिल्लामा करिब ३० प्रतिशत मात्रै रोपाइँ भएको छ।

दश नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ।

जिल्लाको उत्तर पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, इनार, कुवार स्यालो, ट्युबवेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सफल भए पनि जिल्ला भरि रोपाइँको अवस्था सन्तोषजनक छैन ।

पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेको छ भने फाटफुट रूपमा किसानले रोपेको खेतमा धाँजा फाट्न थालेको छ ।

मधेश प्रदेश सरकारको सिफारिसमा संघीय मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मधेशको सुक्खा ग्रस्त क्षेत्र अवलोकन गरे। प्रधानमन्त्री ओलीले हेलिकप्टरबाट मधेशको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन्। त्यहाँ आफूले किसानहरूसँग पनि कुराकानी गर्ने उनले बताएका छन् ।

सरकारले तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

महोत्तरी जिल्लाका मटिहानी नगरपालिकाका ७ र ८ नम्बर वडा क्षेत्रका खेतहरू अधिकांश सुख्खा छन् भने पम्पसेटको सहायताले रोपाइँ गरिएका खेतहरूमा धाँजा फाटेका छन् ।
     
 सोही गाउँका स्थानीय इस्लाम कवाडीमा अनुसार यस वर्ष खेतीको लागि मात्र नभएर पिउनको लागि पनि कलमा पानी नआएको सुनाए । खेती पनि आकाशको पानीको भरमा गर्नु पर्ने खै यो साल त खेती हुँदैन होला उनले निराशा पोखे ।

स्थानीय शान्ति खतवाका खेत पनि यस वर्ष खडेरी र सुख्खा कारण खेती भएको छैन । पैसा हुनेहरूले पम्पसेटको प्रयोगले धान रोपाई गरे पनि हामीहरू आकाशको पानीमै भर पर्नु परेको उनले सुनाइन् ।

सो क्षेत्रका किसानहरू अहिले पानीका लागि प्रार्थना गर्दै छन् भने कोही स्थानीय सरकार लगायत सम्बन्धित निकायको सहयोग र साहेताका लागि प्रतीक्षामा रहेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ११ : १० बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौं – नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

ढुक्क रहनुस्, रास्वपाकै नेतृत्वमा देश विकास हुन्छ : भूपदेव शाह

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

नेयमार विश्वकपको पहिलो खेलमै खेल्न सक्छन् : प्रशिक्षक एन्सेलोट्टी

टेरेसोपोलिस – ब्राजिलका अग्रपङ्तीका फुटबल खेलाडी नेयमार डा सिल्भा सान्तोस

काठमाडौं महानगरका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

काठमाडौं – काठमाडौं महानगरपालिका–११ बाट ७० वर्ष उमेर पूरा गरेका

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी – डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका